उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

उहानमा मास्क पठाउन सहयोग गर्ने व्यवसायी सम्मानित

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

छैटौँ उद्योग दिवसका अवसरमा चीनको उहानमा कोभिड–१९ सङ्क्रमण बढेका बेला नेपालका तर्फबाट सर्जिकल मास्क पठाउन सहयोग गर्ने व्यवसायीलाई सम्मान गरिएको छ । प्रेमसिद्धि प्रालि काभे्रपलाञ्चोक साँगालाई आज धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चीनको उहानमा कोरोना फैलिई समस्या भएका बेला प्रालिको संयोजनमा एक लाख १० हजार सर्जिकल मास्क सहयोगस्वरुप पठाइएको थियो ।

दिवसका अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रालिका प्रोपाइटर सुकदेव जोशीलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कैलाश पलाञ्चोके, घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेका अध्यक्ष सुवासचन्द्र श्रेष्ठलगायतले कोरोनाका कारण उद्योग व्यवसायमा प्रभाव परेकाले यथोचित सम्बोधन गर्न माग गर्नुभएको कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा कार्यालयबाट तालीम लिई विभिन्न घरेलु सामग्री निर्माण गरेका व्यवसायीले एकदिने प्रदर्शनीसमेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ