कामना सेवा बिकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा बिकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।
कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनिआन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोकामना सेवा विकास बैंकलाईउक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।बैंकले आ.व.२०७४÷०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ ।

आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

राज्यप्रतिको जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्रको निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्य सहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गर्ने र आगामी दिनमा एक अब्वल विकास बैंक बन्नमा समेत सहयोग पुग्ने विश्वास बंैकले गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम सेन्टर मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी