कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक घरभरन तेली

कार्तिक महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी सहायक निरीक्षक घरभरन तेली

  • मङ्लबार, मंसिर ९, २०७७
  • रबिन्द्र यादव

  • 14.8K
    SHARES

 

९ मंसिर । कारागार सुरक्षा गार्ड नवलपरासी पश्चिम दरबन्दी भई इलाका प्रहरी कार्यालय बेलाटारीमा कार्यरत प्रहरी सहायक निरीक्षक घरभरन तेली कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

प्रहरी संगठन भित्रका कर्मचारीलाई मनोबल बढाउन जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले प्रत्येक महिनाको एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषित गदै जाने बताएको छ । तेलीले जिल्लामा हुने चोरी तस्करी नियन्त्रण, सुस्ता गाउँपालिका वडा नं ४ स्थित पश्चिम टाडीका हनुमान मन्दिरका पुजारी ९साधु० हत्यामा फरार अभियुक्तलाई पक्राउमा सफल भुमिका निर्वाह, प्रमाणमुखी अनुसंधान, पेशागत आचरण, व्यवासायीक निष्ठा, निष्पक्ष स्वस्थ्य सेवा प्रभाव , लगनशील र कर्तव्यनिष्ठ , बिभिन्न अपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुलाई उच्च मनोबलका साथ कानुनी दायरामा ल्याउन सफल भएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

तेलीको कामले प्रहरी संगठनको गरिमा अझ उच्च भएको र उनको कामको कदर स्वरुप उत्कृष्ट प्रहरी घोषित गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी अजय केसी क्षेत्रीले बताए । प्रहरी अनुसन्धानमा तेलीले ‘सिभिल’ प्रहरीको रुपमा परिणाम मुखी नतिजा दिएको समेत उनले बताए ।

राम्रो काम गर्ने जो कोही प्रहरीलाई जिल्ला प्रहरी कार्यालयको अभियान अनुसार सम्मान गरिने कार्यक्रम अनुसार २०७७ कार्तिक महिनाको पुलिस अफ द मन्थबाट तेलीलाई घोषित गरिएको केसीको भनाई छ । तेलीलाई सम्मान पत्र र केही नगद सहित सम्मान गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ