मंसीर ८ बीरगञ्ज । गत कार्तिक ६ गते पार्टीको शपथ ग्रहण कार्यक्रममा आपसी विवादका कारण बाँस तथा भाडा आक्रमण गरी मुकेश चौरासीयाको हत्या गर्ने मध्य एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सो झडपमा घाईते भएका विन्दवासिनी गा.पा.वडा नं.५ बस्ने बर्ष ३४ को मुकेश चौरसियाको कार्तिक ७ गते मृत्यु भएको थियो ।
ईटियाही बस्ने सुरेश प्रसाद बरईको छोरा बर्ष ३८ को अखिलेश प्र।चौरसिया भन्ने अशेसर प्र.चौरसियालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई अलौ सिर्सियाबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
पूर्व सभासद बिजय गुप्ता सहित १२ जना बिरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी प्रहरीले खोजी गरीरहेको छ । त्यस मध्य ४ जना नियन्त्रणमा आएका छन् भने अन्य अझै फरार रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline