बागलुङ र झापामा भएको दुर्घटनामा तीन जनाको मृत्यु

बागलुङ र झापामा भएको दुर्घटनामा तीन जनाको मृत्यु

  • सोमवार, मंसिर ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मंसीर ८ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ ।

दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
यसै गरी झापाको बिर्तामोड नगरपालिका-३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आईतवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १
ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका-६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि।एण्ड-सी अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ