झापा, मंसिर ८ गते । खेतमा धान उठाउन गएकी श्रीमतिलाई एक्कासी खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणी भण्डारी पक्राउ परेका छन् । आईतवार अपरान्ह साँढे ५ बजे श्रीमती ३९ बर्षीया टिका देवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गर्दा टिका देवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline