मोटरसाइल दुर्घटना हुदा प्रहरी हवल्दारको मृत्यु

मोटरसाइल दुर्घटना हुदा प्रहरी हवल्दारको मृत्यु

  • आइतवार, मंसिर ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

रौतहट , ७ मंसिर ।
रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक प्रहरी हवल्दारको ज्यान गएको छ । दुर्घटनामा परि परोहा नगरपालिका -६ बसन्पट्टी बस्ने प्रवीण सिंहको मृत्यु भएको हो । उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।

जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ