काठमाडौं, ६ मंसिर । वरिष्ठ चिकित्सक डा. ध्रुव मुडभरीको उपचारका क्रममा मृत्यु भएको छ ।
पीसीआर पोजिटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो।
त्यहाँ उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिएकी छन् ।
राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पुर्याएका डा मुडभरी ओम अस्पतालका संस्थापक हुन् ।
उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । मुडभरीको शनिबार पशुपतिमा अन्त्येष्टि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline