काठमाण्डौं मंसीर ६ । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणको दरमा अझै कमी आएको छैन । देशभर थपिएका संक्रमित मध्य केवल काठमाण्डौं उपत्यकामा मात्रै आधा भन्दा बढी रहेको छ । आज पनि उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् ।
जस अन्सार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शनिबार संक्रमित पुष्टि हुनेमा १ हजार ६७४ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजार ३ सय २३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । उपत्यकामा मात्रै एक लाख बढी संक्रमितको संख्या पुगिसकेको छ । काठमाण्डौं जिल्लामा मात्रै झण्डै ८२ हजार संक्रमित रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline