‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

  • शनिबार, मंसिर ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्िटङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालका तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी , राजेश सुवालले ९० केजी,सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुति कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले बताउनुभयो ।

उहाँका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित आठ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्नेछ । कोरोना कहरका कारण लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएका अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको भुसाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदैछौँ, हालको विषम अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हो ।”
एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको बताइन्छ । प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासङ्घका उपाध्यक्ष जीवन गिरीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडी उत्पादन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ