कोरोना बढीरहेको भनेर सरकारले छठका अवसरमा घर घरमै मनाउन अपील गरे पनि धर्मका दृष्टिले अति श्रदालु भक्तजनहरु नदी, तलाउ र पोखरीहरुमा कोरोना र जाडो दुबैलाई चुनौती दिदै जम्मा भएका छन् ।
बिहानै सूर्यलाई अर्घ दिन ठूलो संख्यामा महिला र पुरुषहरु नदी किनारमा केराको बोट जस्ता विभिन्न पूजा सामाग्री सहित जम्मा भएका थिए ।
त्यस्तो दृष्य प्रदेश २ को राजधानी जनकपुर, ब्यापारीक केन्द्र बीरगञ्ज, ईटहरी, बिराटनगर जस्ता शहरहरुमा देखिए ।
नदी किरारहरु छठी माताको पुजा गर्ने श्रद्धालुहरुको भीडले भरिएको देखिन्थ्यो ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजको छठ पुजामा पंडाल र भिडभाड नगर्न निर्देशन दिएपनि ब्रतालुहरुले वीरगंजमा धुमधामका साथ छठ पुजा मनाएका छन । कोरोना भाइरसको महामारी बताउदै छठघाटमा पंडाल नलगाउन निर्देशन दिने प्रशासनको अवहेलना गर्दै छठ पुजा धुमधामका साथ मनाइएको हो ।

तराइमा रहेका हिन्दुहरुले महान चाडपर्बको रुपमा मनाउदै आएको छठ पर्ब बिशेष पुजा गरी मनाउदै आएका छन । वीरगंजको बिभिन्न स्थानमा पंडाल सहितको छठ पुजा सम्पन्न भएको छ भने कतिपय ठाउहरुमा पंडाल नै नलगाई छठ पुजा गरिएको छ । ब्रतमा बस्ने बाहेक रोक लगाइएको क्षेत्रमा प्रवेश गरी छठ पुजा मनाएका छन ।
वीरगंज महानगरपालिका भित्र रहेको घडिअर्वा पोखरी, मुर्ली पोखरी, रानिघाट, नगवा लगायत २६ वटा स्थानहरुमा जिल्ला प्रशासन कार्यालय पर्साले ब्रतालु बाहेकको प्रवेशमा रोक लगाएको थियो । तर जिल्ला प्रशासन कार्यालय पर्साले गरेको निर्देशन विपरीत गई ब्रतालुको साथ साथै वीरगंजवासीले धुमधामका साथ पुजा गरेका छन । जिल्ला प्रशासन कार्यालय लगाएको बन्देजका कारण गत बर्षको तुलनामा यस बर्ष मात्र १ लाख ५० हजार रुपैया जम्मा खर्च भएको घडिअर्वा पोखरी छठ समितिका उपाध्यक्ष दिलिप साह कानुले बताउनु भयो । उहाले गत बर्ष १५ लाख रुपैया खर्च हुने गरेको तर यस बर्ष मात्र १ लाख ५० हजार रुपैया खर्च भएको जानकारी दिनुभयो । घडिअर्वा पोखरी छठ समितिका उपाध्यक्ष दिलिप साह कानुले यस बर्ष कोरोना भाइरस महामारीको समयमा ब्रतालुको संख्यामा कमी आउनुको साथै पंडाल र सिगारिने कार्य नगरेकोले खर्च कम भएको बताउनु भयो ।

हिन्दुहरुले महान चाड पर्बको रुपमा मनाउदै आएको छठ पुजामा पुरै भरीभराउ, घाटलाई सिंगारिएर गरिरहेपनि यसपालिको छठ पुजामा सिंगारीने रौनक हराएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले पंडाल नलगाउने निर्देशन दिएपछि सिगांरिने रौनक हराएको थियो । कोरोना भाइरसको महामारी र जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको बन्देजका कारण वडाहरुमा रहेका ब्रतालुहरु आ—आफ्नै वडाहरुमा छठ पुजा गरेका थिए । वीरगंज महानगरपालिका भित्र रहेको २६ वटा स्थानहरुमा जिल्ला प्रशासन कार्यालयले लगाएको बन्देजका कारण स्थानीयहरु आ—आफ्नो टोलहरुमा छठ पुजा गर्न बाध्य भएका थिए ।







