न जाडो, न कोरोनाले छेक्यो छठमा श्रदालुहरुलाई ( भिडियो सहित )

न जाडो, न कोरोनाले छेक्यो छठमा श्रदालुहरुलाई ( भिडियो सहित )

  • शनिबार, मंसिर ६, २०७७
  • दिपक चौरसिया/राजेन्द्र विष्ट

  • 14.8K
    SHARES

मंसीर ६ काठमाडौं । आज छठ पर्वको अन्तिम दिन ब्रतालुहरुले उदाउदो
सूर्यलाई अर्घ दिएका छन् । यतिखेर बिशेष गरी तराईका जिल्लाहरुमा नदी, ताल तलैयाका किनारामा लाखौँ श्रदालुहरु अर्घ दिन पुगेका छन् । ठाँउ ठाँउमा श्रदालुहरु बाजा गाजा सहित नदी किनारमा पुगेका छन् ।
कोरोनाका कारण भीड भाड नगर्न र घर घरमै छठ मनाउन भने पनि ठाँउ ठाँउमा श्रदालुहरुको भीड देखिन्छ । उनीहरुलाई कोरोना र जाडो केहीले पनि पूजा गर्नबाट रोकेको देखिन्न ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज अन्तिम दिन भएकाले उदाउँदो सूर्यलाई अर्घ्य दिए पछि छठको विधिवत समापन हुने गर्दछ । उनीहरुले हिजो साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएका थिए ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजनहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई नदी किनारमा अर्घ्य दिएका थिए । यसलगत्तै भक्तजनहरु रातभर जाग्राम बसेका थिए ।

यो वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण ठूलो संख्यामा मानिसहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात खरना षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार खान्छन ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमी अर्थात आजका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
सुनसरीको ईटहरी स्थित नहरको किनारमा छठका ब्रतालुहरुको भीड  भिडियोमा :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी