नेपाल टेलिकमको अफरमा थप सुविधा उपलव्ध

नेपाल टेलिकमको अफरमा थप सुविधा उपलव्ध

  • शुक्रबार, मंसिर ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

मंसीर ५ काठमाडौं। अग्रणी दुर सञ्चार कम्पनी नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफरअन्तर्गत थप सुविधाहरुको घोषणा गरेको छ । टेलिकमले प्रतिदिन एक जिबी डाटा प्याकलाई केही सुविधा थपेर परिमार्जन गरेको छ।
परिमार्जित अफर आज शुक्रबार राती १२ बजेबाट लागू हुने टेलिकमले जनाएको छ। प्रतिदिन एक जिबी डाटा प्याकअन्तर्गत सात दिनका लागि दुई सय ५० रुपैयाँ र २८ दिनका लागि आठ सय ५० रुपैयाँमा उपलब्ध प्याकमा भ्वाइस सुविधा थप गरी नयाँ इको भ्वाइस प्लस डेटा कम्बो प्याक ल्याएको टेलिकमले जनाएको छ।

उक्त प्याकमा दुई सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाबाट जम्मा सात जिबी डेटा सात दिनभित्र प्रयोग गर्न मिल्ने टेलिकमले जनाएको छ।
यस्तै, आठ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा तीन सय ९२ मिनेट भ्वाइस कल र प्रतिदिन एक जिबी डेटाबाट जम्मा २८ जिबी डेटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ