नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठ, आज विशेष कार्यक्रम हुँदै

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठ, आज विशेष कार्यक्रम हुँदै

  • शुक्रबार, मंसिर ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ५ मङ्सिर । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठका अवसरमा आज नेपाल–चाइना मिडिया फोरमले ‘युनान ः साङ्ग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ ।

यही नोभेम्बर २० देखि २६ तारिखसम्म हुने कार्यक्रमको शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा महत्वपूर्ण फोटो, हस्तकला, साङ्ग्रिलाका आकर्षक विशेषता झल्काउने सामग्री आदिको प्रदर्शन गरिने मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

चीन सरकारको सूचना कार्यालय र चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तका प्रचार विभागको सहयोगमा हुने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका युनान प्रान्तका सदस्य च्वाओ छिनले पनि मन्तव्य दिनुहुनेछ । अध्यक्ष श्रेष्ठले कार्यक्रमले दुवै देशको आपसी सम्बन्ध तथा रणनीतिक साझेदारीको प्रवद्र्धनका लागि योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो । मध्य एशियामा अवस्थित युनानी हिमाल नेपालको नजिकै पर्ने भएकाले यससँग जोडिएको संस्कृतिका माध्यमबाट सांस्कृतिक आदानप्रदानको आधारभूमि खडा गर्नसक्ने मानिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ