काभ्रेको पाँचखालमा बन्ने भयो ब्याक वास ट्याङकी, खानेपानीको समस्या हट्ने भएपछि खुशी भए स्थानीय

काभ्रेको पाँचखालमा बन्ने भयो ब्याक वास ट्याङकी, खानेपानीको समस्या हट्ने भएपछि खुशी भए स्थानीय

  • शुक्रबार, मंसिर ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काभ्रे, ५ मंसिर । पाँचखाल नगरपालिका भित्र स्वच्छ र शुद्ध खानेपानी खुवाउने प्रतिक्षित आयोजनाको पाँचखाल ९ चारपिप्लेमा बन्न लागेको ब्याक वास ट्याङकीको शिलन्यास भएको छ ।

पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सुनकोशीको विमिरे, पहरी बस्तीको मुख्य ट्याङकीबाट व्याक वासको रुपमा जम्मा हुने पानी राख्नको लागि निर्माण हुने एक लाख ५० हजार लिटरको ट्याङ्कको एक कार्यक्रमका विच स्थानीय समाजसेवी एवं लोपोन्मुख जाती पहरी बस्तीका रत्नबहादुर पहरीले शिलन्यास गरेका हुन ।

शिलन्यास कार्यक्रममा प्रमुख अतिथी समत रहेका पहरीले सबैले राम्रो काम गरेर चाँड सम्पन्न गर्न अनुरोध गरे । उनले विगत लामो समयदेखिको पानीको अभाव बाट मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो पालामा भएको पानीको समस्याका बारेमा चर्चा गरेका थिए ।

शिलन्यास कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखालको पहिलो समस्या खानेपानी र दोस्रो समस्या नगरको ग्रामिण बस्तिहरुमा रहेको धुले सडक भएकोले खानेपानीको काम सँगै धुले सडकलाई पिच गर्दै लैजाने बताए । खानेपानी र धुले सडकको समस्याले गर्दा नगरवासिले सास्ति खेप्दै आएकोले दुवै समस्या समाधान गर्ने कार्यमा नगरवासिहरु एकजुट भएर अगाडी बढेको बताए । ‘खानेपानीको आवश्यकता थियो, पुरा हुँदैछ । एक वडा एक पिचको अवधारणा ल्याएका छौं । धेरै ठाउँमा पिच सडकको काम समेत शुरु भएको छ ।’–खरेलले भने ।

पाँचखाल नगरपािलका वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा नं ८ का अध्यक्ष एवं नगरका प्रवक्ता संजय तामाङ लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमका सुनकोशी पाँचखाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सवै राजनीतिक दलहरुसंग साथै नगरवासिहरुसंग सहकार्य गर्दै निर्धारित समयमा योजना सम्पन्न गर्ने बताए । खानेपानीको लागि पद भन्दा पनि योजना ठुलो भएकोले पद भन्दा पनि योजनालाई महत्व दिएर अगाडी बढ्नुपर्ने बताए । उपभोक्त समितिको थर्फवाट नगरवासिहरुलाई अर्जुनको ‘अर्जुन दृष्टि’को आधारमा योजना सफल गराएर पानी खुवाउने बताए ।

पाँचखाल नगरका उपमेयर एवं उपभोक्ता समितिका सदस्य लक्ष्मी दनुवारले सञ्चालन गरेको कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडाअध्यक्ष सुन्दर तामाङ, वडा नं ११ का वडा अध्यक्ष शिव शरण लामा, वडा नं १३ का वडा अध्यक्ष सुकुविर तमाङ, निर्माण व्यवसायी राम मैनाली, जनप्रतीनिधिहरु, उपभोक्ता समितिका पदाधिकारीहरु, प्राविधिकहरु, स्थानियहरु समेतको सहभागिता रहेको थियो ।

कोहिपनि नगरवासिहरु खानेपानीबाट बञ्चीत हुनु नपरोस भन्दै विगतमा उपभोक्ताको सुचिमा समावेस हुन नसकेकाहरुलाई ०७७ मंसिर मसान्त सम्मको अवधि राखि उपभोक्ताको तर्फबाट बुझाउनु पर्ने रकम स्वरुप २५ हजार पाँचखाल स्थित कृषिबिकास बैकमा रहेको सुनकोशि पाँचखाल खानेपानीको खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाउने उपभोक्ता समितिका अध्यक्ष लामिछानेले बताए ।

पाँचखाल नगरवासीहरुलाई ३० महिना भित्र खानपानी खुवाउने उदेश्यले २०७७ असार १५ गते हुवासुई कन्काई जे.भिसंग १ अर्व ३४ करोड १० लाख ६५ हजार ६ सय ३७ रुपैयामा ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । आयोजना एसियाली विकास बैंक, नगर विकास कोष, खानेपानी विभाग, पाँचखाल नगरपािलका र उपभोक्ताहरुको लगानीमा निार्मण हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ