ट्यांकरमा फल्स च्याम्बर बनाएर हजारौ लिटर तेल चोरी : १५ लाख जरीवाना सहित थप कार्बाही गर्ने प्रकृयामा आयल निगम

ट्यांकरमा फल्स च्याम्बर बनाएर हजारौ लिटर तेल चोरी : १५ लाख जरीवाना सहित थप कार्बाही गर्ने प्रकृयामा आयल निगम

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

मंसीर ४ काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट चोरी नियन्त्रणका लागि नेपाल आयल निगमले कडाई गर्दा गर्दै पनि केही टैंकर चालकले नयाँ शैली अपनाएर तेल चोरी गरेको प्रमाणित भएको छ ।

नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरको च्याम्बरभित्र नयाँ सानो ट्यांकी (फल्स च्याम्बर) बनाएर पेट्रोल चोरी गरेको देखिएको छ ।
चोरी हुने गरेकै कारणले निगमले तीन वर्षअघिदेखि ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरे पछि चोरी नियन्त्रण भएको थियो ।
२० हजार लिटर तेल अट्ने टंयाकंरमा करीब एक हजार लिटरको फल्स चेम्बर बनाएको पाईएको थानकोट डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए ।
यादवले दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन शुरु भएको पनि बताए ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २०–२० हजार लिटर पेट्रोल बोकेर आएको ना ७ ख ३६९६ र ना ७ ख २९९५ नम्बरको ट्यांकरमा चोरीको घटना फेला परेको हो ।
करीब ९५० लिटर सम्म पेट्रोल कम भेटिएको रिपोर्ट पाउना साथ आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल , नापतौल विभागका विश्व वावु पुडासैनी सहितका कर्मचारीले थानकोट पुगेर ट्यांकरको परीक्षण गरेका थिए ।

सो क्रममा दुवै ट्यांकरको ३ र ४ नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको निगमले जनाएको छ ।
आयल निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी दुवै ट्यांकर वीरबेताल आशीर्वाद कम्पनी प्रालिको रहेको जानकारी दिएको छ । कम्पनीका सञ्चालक प्रज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् ।

ट्यांकर सञ्चालकहरूलाई करिब १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको निगम प्रवक्ता उपाध्यायले बताए । ट्यांकर चालकहरु अझै सम्पर्कमा आएका छैनन् ।

दुवै ट्यांकरले अहिलेसम्म चेम्बरभित्र पार्टेसन गरी करिब १५ लाख रुपैयाँको तेल चोरी गरेको अनुमानका आधारमा ट्यांकर साहु र चालकलाई तत्काल १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय निगमले गरको हो ।
अब ती ट्यांकरहरुको सम्झौता समेत खारेज गर्न सक्ने निगमलाई अधिकार रहेको छ । निगमले हिजै नै गुणस्तर तथा नापतौल विभागलाई पनि आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ट्यांकरभित्र नयाँ ट्यांकी बनाई तेल चोरी गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ