महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङमा कडाई, एकै दिन ३० मोटरसाईकल र स्कुटर कारबाहीमा

महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङमा कडाई, एकै दिन ३० मोटरसाईकल र स्कुटर कारबाहीमा

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ , ४ मंसिर । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।

‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले भन्नुभयो, ‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ । यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेका हौँ ।’

प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताउनुभयो ।

उहाँले काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपती सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिनुभयो । ‘हामीले आजबाट दुई ओटा टीम परिचालन गरेका छौँ,’ सापकोटाले भन्नुभयो, ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई हामीले उठाएर कारवाही सुरु गरेका छौँ । यो अभियान निरन्तर चल्छ ।’

उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवना तिराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो । ‘लकडाउनसँगै बन्द भएको अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सुरुवात भएको भएको छ,’ सापकोटाले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ