कोरोना महामारीको समयमा वीरगंज क्षेत्रमा छठ पर्बको रौनक गुम्दै

कोरोना महामारीको समयमा वीरगंज क्षेत्रमा छठ पर्बको रौनक गुम्दै

  • बिहिबार, मंसिर ४, २०७७
  • -दिपक चौरसिया

  • 7.3K
    SHARES

पर्सा, ४ मंसिर । तराईको हिन्दुहरुले महान चाडको रुपमा परम्परा अनुसार मनाउदै आएको छठ पर्ब यसपालि प्रहरी प्रशासनले रोक लगाउदा रौनक गुम्दै गएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्बको निम्ति पन्डाल नलगाउन, भिडभाड गर्न निर्देशन दिएपछि छठ पर्बको रौनक गुम्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दुहरुले मनाउदै आएको छठ पर्ब आ—आफ्नो घरमा मनाउने निर्देशन दिएपछि वीरगंजको घडिअर्वामा हुदै आएको छठ पुजामा यसपालिको रौनक हराएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित रहेको घडिअर्वा पोखरीमा हुदै आएको छठ पुजामा यसपालि प्रशासनले दिएको निर्देशन बमोजिम पंडाल नलगाइएको महानगरपालिका कार्यपालिका सदस्य सुसिल गुप्ताले बताउनु भयो । उहाले प्रशासनले रोक लगाएपछि यसपालिको छठ पर्बमा आउने भक्तजनहरुको संख्यामा समेत कमि हुने बताउनु भयो । कोरोना भाइरस महामारीको समयमा जिल्ला प्रशासन कार्यालय पर्साले दिएको निर्देशन बमोजिम छठ पुजा गर्न आउने भक्तजनहरुले अनिवार्य रुपले मास्कको प्रयोग गर्नुपर्ने बताउनु भयो ।

वीरगंज घडिअर्वा पोखरीका सचिव लखन गुप्ताका अनुसार यसपालिको छठ पुजाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्सा संग सहकार्य गरेको बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारी आश्मान तमाङले बढी भिडभाड र पंडाल नलगाइने निर्देशन दिएपछि आफुहरु प्रशासनको निर्देशनलाई मान्य गर्दै अगाडी बढेको बताउनु भयो । उहाले तराइमा हर्षोउल्लासका साथ मनाउने छठ पर्ब यसपालि जिल्ला प्रशासन कार्यालयले आफ््नो मापदण्ड पुरा गरी पुजाआजा गर्ने निर्देशन दिएपछि भिडभाड नगरी न्यून संख्यामा भक्तजनहरुलाई उपस्थित गराउने बताउनु भयो ।

हिन्दुहरुले मनाउदै आएको छठ पर्बको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले छठ बस्ने ब्रतालुहरुलाई महानगरपालिका भित्र पर्ने २६ वटा स्थानमा जान निर्देशन दिएको बताउनु भयो । उहाले यस्तो महामारीको समयमा पंडाल लगायत भिडभाड नगर्न दिर्नेशन दिएको बताउनु भयो । उहाले तोकिएको २६ वटा ठाउहरुमा छठ बस्ने ब्रतालु बाहेक अरु कसैलाई भित्र छिर्न नदिर्ने निर्देशन दिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आश्मान तमाङले कोरोना भाइरस महामारीको समयमा सुरक्षा अपनाउदै छठ पर्ब मनाउने बताए ।

यता पर्सा जिल्ला क्षेत्र नम्बर १ का माननीय प्रदिप यादवले तराईका हिन्दुहरुले मनाउदै आएको छठ पर्ब कसैले रोक्न नसक्ने बताउनु भएको छ । उहाले प्रमुख जिल्ला अधिकारीले मात्रै होइन देशको प्रधान मन्त्री केपि शर्मा ओली समेत रोकिन नसक्ने दावी गर्नुभयो । माननीय प्रदिप यादवले प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्री अथवा कुनैपनि मन्त्रीले छठ पर्ब रोकिन नसक्ने बताउनु भयो । उहाले यसपालिको छठ पर्बमा आफु सबै छठ घाटमा पुग्ने र रोकिने निकायलाई खोजि गर्ने बताउनु भयो । माननीय यादवले कुनैपनि धर्म र सांस्कृतिको कुरामा कुनै पनि निकायले हस्तक्षेप गर्न पाइदैन भन्दै सबैतिर धुमधामका साथ छठ पर्ब मनाउने तयारी गरेको बताउनु भयो ।

 

वीरगंज महानगरपालिका भित्र जिल्ला प्रशासन कार्यालयले तोकिएको २६ वटा ठाउहरुमा समेत धुमधामले तयारी गरिने भएको छ । वीरगंज महानगरपालिका क्षेत्रको सबै ठाउहरुमा धुमधामले तयारी गरिरहेपनि घडिअर्वा पोखरी, मुर्ली पोखरी, रानिघाट, नगवा लगायत ४ ठाउमा हुने गरेको छठ पुजामा जिल्ला प्रशासन कार्यालय पर्साले दिएको निर्देशन बमोजिम कार्यन्वयन भएको देखिन्छ । तर २६ वटा ठाउहरु मध्ये २२ ठाउमा धुमधामका साथ छठ पुजा मनाउने तयारी गरिरहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ