नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ

नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

सुनसरी, मंसिर ०४ गते । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका-६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका-१० बाट १ जनालाई पक्राउ गरेको हो ।
ईनरुवा नगरपालिका-६ बाट DIALEX-DC 100 ml को १४ बोतल, SPASMO-PROXYVON ८ क्याप्सुल, NITRAVET-10 लेखिएको १५ ट्याब्लेट, बिभिन्न कंपनीको मोबायल थान- ५ र प्रदेश १०-०२०४१ प ९२७ नम्बरको मोटरसाईकल थान १ सहित स्थानीय  नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगर पक्राउ परेका हुन्  ।

यसैगरी ईनरुवा नगरपालिका-१० बाट हरिनगर गाउपालिका-४ का २७ बर्षीय नौसाद अन्सारीलाई DIALEX-DC 100 ml को ३९ बोतल, SPASMO-PROXYVON ७२ क्याप्सुल, NITRAVET-10 लेखिएको ७७ ट्याब्लेट र १ थान मोवायल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ