प्रधानमन्त्री ओलीलाई जापानबाट जीवनको चिट्ठीः देश र जनताको लागि आराम गर्नुस्

प्रधानमन्त्री ओलीलाई जापानबाट जीवनको चिट्ठीः देश र जनताको लागि आराम गर्नुस्

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

सम्माननिय प्रधानमन्त्री
के पि शर्मा ओलि ज्यु
म तपाईको पार्टिको भोटर समाजले पत्याएको अनि नेताहरुले न पत्याएको मान्छे । त्यही नेतालाई आफ्नो भबिस्य ठान्ने गर्दछु । यो १२ बर्सको अन्तरालमा मैले जति राजनिती बुझे तपाईले त्यो भन्दा बडि बुझ्नु भएकै छ र भोग्नु भएको पनि छ । तपाईहरुले भोगे जति सायद हामिले भोग्न नपाईएला । तपाइको राजनितिक जिबनलाई म सम्मान गर्छु ।
हामी जुन उत्साह बोकेर स्थायी सरकारको पक्षमा उभियौ र नेकपा लाई अत्याधिक बहुमत दिएर तपाईं सरकारको प्रमुख हुनुहुन्छ । हामिले चुनाब जित्नैकालागी गरिएका बाचाहरु त्यतिबेला अत्यान्तै सस्ता भए । अब बिस्तारै महङो हुँदै गैरहेको छ । हामिले पहिलाका सरकारका पालाका जनमुखी कार्यक्रमलाई निरन्तरता दिन सकेनौ । त्यो नै हाम्रो दुर्भाग्य साबित भएको छ । चुनाबताका र भोटकालागी बाडिएका युवा रोजगार र बिदेश पलायन रोक्ने जस्ता कार्यक्रम ठिक उल्टा हुँदै गै रहेका छन । खै उध्योग खोल्नु भएको ? खै नया नया बिकासका योजना ? रेल त सपनाको राजकुमार जस्तो भयो अनि पानी जहाज ? हामिलाई रेल, जहाज चाहिएको थिएन काम चाहिएको थियो । स्वास्थ सिक्षा स्वास्थ्य चाहिएको थियो ।
म त स्वदेशमै केही राजगार गर्न चाहन्थे । यतै बेल्चा हान्न परे पनि तयार थिए । खै मेरो देश ले पत्याएन ? अहिले परदेशी भुमिमा कोरोनाको जीवन मरणको लडाई जितेर भाडा माझेर बसेको छु । तर पनि सुर्यमा भोट हाल्न को लागि आउदो चुनाबमा नेपाल फर्कने तयारी गर्दै छु । भाडा माज्दा कुहिएका हातले भोट हालेर फेरि पनि तपाईहरुलाई साम्सद, मन्त्री, प्रधानमन्त्री बनाउने इच्छा अझै पनि जिउदै छ ।
हामीले नै बिदेशमा बगाएको पसिनाबाट तप्प तप्प चुहिएको रेमिट्यान्सको महासागरमा खुलमखुला भ्रष्टाचार अनि तिनिहरुको संरक्षक मेरो देशको प्रधानमन्त्री, मलाई यस्ता कुरा सम्झिदा नेपालको नागरिक हु भन्न सर्म लाग्न थालेको छ ।
आफ्नो घरको चुलोमा आगो बाल्न र बा आमालाई चामलको भात खुवाउनलाई बिदेशका गल्ली गल्लिमा पसिना बगाउने जवानहरुका आसा लाई अपहरण गर्न तपाईं हरु सकृय भएको देख्दा कहिले काहीँ यी भोट हाल्ने हात ढुङा माथी राखेर थिचिदिउ जस्तो लाग्छ ।
आ आफ्ना गाउँ घर बस्तिहरुमा मोटर बाटाहरुत पुगेहोलान । तर खै न्याय सुरक्षा को ग्यारेन्टी ? दिनहु नारीहरु बलत्कार खै रोक्न सकेको ? जन जिबिकाका कार्यक्रम ? खै नया उध्योग ? खै रोजगार ?अनि समाजबादी ब्यबस्थामा जाने हाम्रो महान यात्रामा छौ कि कुन बाटोमा हिडिरहेका छौ ?
अनि नाकाबन्दिमा पलाएको देश प्रेम खै अहिले ? दिनभर सोझा साझा जनतालाई मिठा मिठा सपना बाड्ने रातभर देश र जनता बिरुद्ध सम्झौता गर्ने तपाईलाई अब कसरि पत्याउने हामिले ? अति भयो प्रधानमन्त्री ज्यु १
म बिश्वकै सुन्दर देशमा जन्मेको युवा हु मेरो मातृभुमी प्रति कुनै गुनासो छैन । तर मेरो मातृभुमिलाई छिया छिया बनाईरहेको देखिरहदा मन कसरी सम्हालु ? आफ्नो देश र जनतालाई सम्बृद्ध बनाउने जिम्बेवारी सरकार प्रमुख को हैन र रु काम पनि केही गर्न नसक्ने, पद छोड्न परे कुर्ची भाच्छु भन्दै हिड्ने । पार्टी फुटाउछु भन्न्ने कु गर्छु भन्ने, यो धम्किले नेपाली जनता डराउलान प्रम ज्यु रु जनताकै बलमा फेरिएको ब्यबस्था हैन यो ?
सहयोद्दा हरु माथी पदकै लागि दिएका धम्की, घुर्की ले प्रस्ट पारेको छ तपाईको नियतलाई । जनताको स्तर बदल्नु छ भने पहिला आफुलाई बदल्नुस । जनताले कसरी बुझेका होलान यता पनि ध्यान दिने हो कि ? मदन भण्डारि, राजा बिरेन्द्र र प्रचण्ड हरु सहज तरिकाले बाच्न सक्ने ठाउ रहेनछ तपाईले चलाएको सत्तामा ।
कार्यकारी अध्यक्ष ले पार्टी सचिबालय बैठक बोलाउदा विभिन्न बाहना पारेर बैठकमा उपस्थित नहुने उल्टै पार्टी बैठक को खिलाफ मन्त्री परिसद बैठक बोलाउने । पार्टी बिपरित गतिबिधी गर्ने तपाईलाई कुन बिधानमा अधिकार दिइएको छ ? न सरकार चलाउन सक्ने न पार्टी चलाउन सक्ने तपाईं माहारोगिको सिकार ३ करोड जनता भएका छन् । देश र जनताको लागि बाचेको हु भन्दै भासण गरेको याद आउछकी आउदैन तपाईलाई ? खै बुझेको खै महसुस गरेको ? खै जनतालैइ बिस्वस्त बनाउन सकेको ? अति भयो प्रधानमन्त्री ज्यु देश र जनताका लागि आरम गर्नुस तपाईं यसैमा भलो छ तपाईको । धन्यबाद ।

जीवन पोखरेल कन्चन
टोकियो जापान

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी