मंसीर ४ काठमाण्डौं । नेपालमा हाल सम्मकै सबै भन्दा ठूलो आईपिओ जारी हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हिजो सम्पन्न दोस्रो साधारण सभाले उक्त आईपिओ जारी गने प्रस्ताव स्वीकृत गरेको छ ।
यसै आर्थिक वर्ष भित्रमा उक्त आईपिओ जारी भईसक्ने छ । मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline