सन्दीपले बिग ब्यास लिग खेल्ने

सन्दीपले बिग ब्यास लिग खेल्ने

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मंसीर ४ काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार सन्दीप लामिछानेले अस्ट्रेलियाको टी २० फ्रेञ्चाइज लिग बिग ब्यास लिग खेल्ने भएका छन् । लिगको सिजन २०२० २१ का लागि लामीछानेले होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
होबर्टले २० वर्षीय युवा स्पिनर सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको छ।

सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुने भए पनि सन्दीप जनावरीदेखि आबद्ध हुनेछन् ।
हुरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीप टिमको बलिङ आक्रमणका लागि एक्स फ्याक्टर हुने बताएका छन्।
सन्दीपसँग सम्झौता गरेसँगै हुरिकेन्सको टिम पूर्ण भएको छ। हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडी छन्।

विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन्। सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले दुई सिजनमा २० खेल खेल्दा २६ विकेट लिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ