पर्सा, ०३ मंसिर । विश्व व्यापी फैलिरहेको कोरोना भाइरस महामारीको समयमा छठ पर्वको व्यपार व्यवसाय मारमा परेको छ ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंज क्षेत्रमा छठ पर्बको समयमा पनि सुनसान बनेको छ । जसकारण छठ पर्बको समयमा पनि सुपली र नांगलोको कारोवार समेत मारमा परेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज क्षेत्रहरुमा छठ पर्ब सार्वजनिक ठाउमा नगरी आफ्नै घरमा पुजा गर्ने निर्णय गरे पश्चात वीरगंज क्षेत्र सुनसान बनेको छ । वीरगंज शहरमा ग्रामिण भेगदेखी आएर बसोबास गर्दै आएका नेपाली नागरिकहरु आ—आफ्नो ग्रामिण भेगको घरमा गए पश्चात वीरगंजमा यसपालिको छठ पर्बको रौनक हराएको हो । वीरगंज शहरमा भिडभाड कम हुदा यसपालि बिक्रि बितरण गर्दै आएका सुपली, नांगलोका कारोवारमा घाटा बेहोर्नु परेको कारोवारी बब्लु कुमार साहले बताउछन ।
कोरोना महामारीको समयमा यसपालिको दशै, दिपावली र छठ पर्बको रौनक नै हराएको अर्का कारोवारीले बताएका छन । हिन्दुहरुले मनाउदै आएको दशै, तिहार र छठ पर्ब समेत कोरोना महामारीले गर्दा नलागेको बताएका छन । जसका कारण आफ्नो कारोवारमा समेत असर परेको सुपली, नांगलो कारोवारीले बताएका छन ।

यसपालिको तिहार छठको समयमा मात्र ७० प्रतिशतसम्म कारोवार हुने गरेको सुपली, नांगलो बनाउने अर्का व्यापारीले दुखेसो पोखे । गत आर्थिक बर्षको तुलनामा यसपालिको आर्थिक बर्षमा बिक्रि बितरण हुन नपाएको बताएका छन । गत बर्षको भन्दा यस बर्ष मात्र ७० प्रतिशत मात्र सुपली, नांगलोको कारोवार हुन पाएको बताएका छन । जसकारण आफ्नो व्यापार व्यवसायमा समेत असर परेको बताएका छन ।
हिन्दुहरुले सबै भन्दा ठुलो पर्बको रुपमा मनाउदै आएको छठ पर्बको आज पहिलो दिनमा समेत वीरगंज क्षेत्र सुनसान बनेको छ । छठ पर्ब गर्ने महिला तथा पुरुषहरुले आजको दिनलाई नुहाइ खाने दिनको रुपमा समेत चिनिने गरिन्छ । आजको दिनबाट छठसम्म शुद्ध सहकारी खाना खाने प्रचलण चलि आएको छ । वीरगंज क्षेत्रहरुमा छठको रौनक नदेखिएपनि ग्रामिण भेग तिर छठको रौनक बढेको देखिन्छ ।