मंसीर ३ काठमाण्डौं । बीमा क्षेत्रमा शसक्त प्रतिस्पर्धामा अघि बढीरहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले उच्च दरको पोलीसी बोनस घोषणा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले आज एक विज्ञप्ति जारी गरी उक्त नीतिको बारेमा जानकारी गराएका हुन् ।
सिईओ भट्टराईद्धारा जारी विज्ञप्ति अनुसार आ.व. २०७५र७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ । बीमा समितिको मिति २०७७।०७।२८ गते को पत्रबाट स्विकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५र७६ को लागि न्यूनतम रु।५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने सिईओ भट्टराईले बताए ।
बीमा समितिबाट स्विकृत बोनस निम्न बमोजिम रहेको छ ।
https://www.mirmireonline.com/wp-content/uploads/2020/11/%E0%A4%AA%E0%A5%8B%E0%A4%B2%E0%A4%BF%E0%A4%B8%E0%A5%80-%E0%A4%AC%E0%A5%8B%E0%A4%A8%E0%A4%BE%E0%A4%B8-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE-%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A5%8B-finel.pdf