मंसीर ३ काठमाडौँ । देशभर थपिरहेका कोरोना संक्रमित मध्य ६० प्रतिशत जति उपत्यकाबाट मात्रै थपिने गरेका छन् ।
आज नेपालमा देशभर गरी १४ सय ४२ जना कोरोना संक्रमित थपिएकामा उपत्यकाबाट मात्रै १ हजार ३८ रहेका छन् । आज काठमाण्डौमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना रहेका छन् ।
आज ६ हजार ७३१ जनामा गरिएको परीक्षणमा ती संक्रमितहरु फेला परेका हुन् ।
मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए ।
हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । अब सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ ।
यसै गरी कोरोना मुक्त भएर गत २४ घण्टामा ३५ सय ३८ जना घर फर्किएका छन् । हाल सम्म कोरोना जीत्नेको संख्या एक लाख ८२ हजार ७८० पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline