रेडियोकर्मी मनीषा लामीछानेको शोकमा हाम्रो पँहुच बहुउदेश्यीय सहकारी अन्तर्गतका सबै परियोजना एक दिनका लागि बन्द हुने

रेडियोकर्मी मनीषा लामीछानेको शोकमा हाम्रो पँहुच बहुउदेश्यीय सहकारी अन्तर्गतका सबै परियोजना एक दिनका लागि बन्द हुने

  • मङ्लबार, मंसिर २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

तुलसीपुर, २ मंसिर । कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोलि एक दिन शोक विदा दिने निर्णय गरेको छ ।
संस्थाको आज बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनको शोकमा भोलि मंसिर ३ गते बुधबारका दिन संस्थाका सबै परियोजनामा विदा दिने निर्णय गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कर्मचारी लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लामिछानेको मंसिर १ गते भाइटीकाको दिनमा दिउँसो डिउटी आउँदै गर्दा सवारी दुर्घटनामा निधन हो । उहाँको निधनले संस्थालाई अतुलनिय क्षति पुगेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष भण्डारी र सचिव ऋषिराज पौडेलले शोक विज्ञप्ती जारी गरी मृतक लामिछानेप्रति श्रद्धान्जली र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
यसैबिच कर्मचारी लामिछानेको निधनको शोकमा रेडियो हाम्रो पहुँचबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्दभएका छन् ।

सोमबार भाइटिकाको दिनमा रेडियोको डिउटीमा आउने क्रममा सवारी दुर्घटनामा परि निधन भएकी कर्मचारी लामिछानेको शोकमा तीन दिन मनोरन्जनात्मक कार्यक्रम बन्द गरिएको हो ।

संस्थाको आज बसेको बैठकले कर्मचारी लामिछाने निधनको शोकमा प्रत्येक घण्टाको समाचारमा शोक धुन तथा समेवेदना प्रशारण गर्ने र मनोन्जनात्मक कार्यक्रम तीन दिन बन्द गरिने निर्णय गरेको छ ।

बैठकले रेडियोको प्राविधिक सहायक पदमा कार्यरत लामिछानेको निधनले रेडियोलाई अतुलनिय क्षति पुगेको उल्लेख गर्दै दोषिमाथि कार्बाहीको माग गरेको छ ।

कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा रेडियो हाम्रो पहुँचबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्द भएका छन् ।

सोमबार भाइटिकाको दिनमा रेडियोको डिउटीमा आउने क्रममा सवारी दुर्घटनामा परि निधन भएकी कर्मचारी लामिछानेको शोकमा तीन दिन मनोरन्जनात्मक कार्यक्रम बन्द गरिएको हो ।

रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेलले एक विज्ञप्ती जारी गरी कर्मचारी लामिछाने निधनको शोकमा प्रत्येक घण्टा समाचार शोक धुन तथा समेवेदन प्रशारण गर्ने र मनोन्जनात्मक कार्यक्रम तीन दिन बन्द गरिने उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा रेडियोको प्राविधिक सहायक पदमा कार्यरत लामिछानेको निधनले रेडियोलाई अतुलनिय क्षति पुगेको उल्लेख गर्दै दोषिमाथि कार्बाहीको माग गरिएको छ । रेडियोले कुशल र दक्ष कर्मचारी गुमाउँदा रेडियो परिवार अत्यन्त मर्माहत भएको भन्दै म्यानेजर पौडेलले मृतकप्रति श्रद्धान्जली र परिवारजनप्रति समवदेन प्रकट गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ