राजमार्गमा जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ

राजमार्गमा जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ

  • मङ्लबार, मंसिर २, २०७७
  • रबिन्द्र यादव

  • 9.7K
    SHARES

२ मंसिर, नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको पुर्व ( पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको समुहले उक्त जिपका ड्राइभर संग जबरजस्ती साचो खोसी बिल भेटनरी देखाउ भनी केही कुखुराहरु समेत नष्ट गरेका थिए । प्रदेशको जिप ०३-००१ च ०२२० नम्बरको गाडीमा पैसा असुलेको र केही कुखुरा नष्ट गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।
पक्राउ पर्नेहरु बर्दघाट नगरपालिका वडा नं ४ बस्ने बर्ष २४ का कमल राना र सोही ठाउँ बस्ने बर्ष २४ कै मनिष कुवर, बर्ष २३ का संजय सुनार , २९ बर्षका सुजनमान श्रेष्ठ, ३१ बर्षका निर्मल खरेल र बर्ष ३० का सुजन तिमिल्सिना रहेका छन् ।
हाल उनिहरुलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको एसपी अजय केसीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ