मंसीर २ काठमाडौँ । सन् २०२२ को विश्वकप छनौट चरणमा बाँकी खेलको तयारी स्वरुप नेपालले बंलादेशसँग आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।
पहिलो खेलमा फितलो प्रदर्शन गर्दै दुई शुन्यको हार व्यहोरेको नेपालले आज बदला लिने योजना सहित रणनीति बनाएको छ । बगबन्धु रंगशालामा साँझ पौने ५ बजे पछि खेल शुरु हुने छ ।
कात्तिक २९ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशले पहिलो हाफको नवौ मिनेटमा र दोस्रो हाफ्को ८० औ मिनेटमा गोल गरेर नेपालमाथि दबाब दिएको थियो । तर नेपालले केही राम्रा अवसरका बीच गोल फर्काउन सकेको थिएन ।
कोरोनाका कारण र घाईते भएका कारण केही नियमित भरपर्दा खेलाडीको अभाव र राम्रो तयारीको समय नपाएको टोलीले आज जीतको आशा राखेको छ । यस पटक ६ जना जुनियर खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु बनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline