कार्तिक ३० परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ मा कार्तिक ९ गते भएको एक मन्दिरका पुजारीको हत्यामा संलग्न एक भारतीय पक्राउ परेका छन् ।
स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा भेटिएका थिए ।
उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानको क्रममा पुजारीको भारत महाराजगन्जका २१ वर्षका धनन्जय मौर्यले हत्या गरेको प्रमाणित गरेको थियो । पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline