गिरफ्तार विद्यार्थी बिष्ट र भट्टलाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको माग

गिरफ्तार विद्यार्थी बिष्ट र भट्टलाई तत्काल रिहा गर्न अखिल क्रान्तिकारीको माग

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कैलाली, २८ कार्तिक । अखिल क्रान्तिकारीले दुई जना बिद्याथी जनक बिष्ट र विवेक भट्टलाई तत्काल रिहा गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष सुवास किरण जोशीले बिज्ञप्ती निकालेर प्रहरीले बिना कारण उनीहरुलाई पक्राउ गरि झुठा मुदवा लगाएर फसाउने काम गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘ब्यक्तिगत कामको सिलसिलामा रहेका बिष्ट र भट्ट लाई सरकारको ठाडो आदेशमा गिरफ्तार गरि झुट्टामुद्दामा फसाउने घृणित षडयन्त्र गरिएको बिषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
गिरफ्तार विद्यार्थी माथि लगाइएको झुट्टा मुद्दा खारेजगरि तत्काल स(सम्मान रिहाइ गर्न पनि उनले माग गरेका छन् ।

साथै गैरन्यायिक गिरफ्तारिका विरुद्ध बोल्न मानवअधिकार , नागरिकसमाज, पत्रकार , वकिल , बुद्धिजीवी लगायत सम्पुर्णमा अपिल गर्दै गिरफ्तार विद्यार्थी लाई बिनासर्त तत्काल रिहाई नगरे कडा संघर्ष गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम सरकार हुनुपर्ने चेतावनी पवि बिज्ञप्तीमा दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ