कार्तिक २८ बारा । बाराको परवानीपुर गाउँपालिकामा स्वच्छ समाज यूवा क्लब उद्वाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री जीतेन्द्र सोनलले उक्त क्लबको उद्घाटन गरेका थिए । परवानीपुर वडा नं ५ बहुअरी टोलमा सम्पन्न कार्यक्रममा स्थानीयहरु पनि सहभागी थिए ।
भुप्रेन्द पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह कानु, जनता समाजवादी पार्टीका नेता सिताराम प्रसाद गुप्ता, संसाद एकबाल मिया, कार्यपालिका सदस्य सन्जु साह, ईलाका प्रहरी कार्यालय प्रसौनी प्रमुख इंस्पेक्टर ओमप्रकाश यादव, तेज प्रताब सिंह, ओमजी गुप्ता, रंन्जित प्रसाद साह, निरज पटेल, रुपक पटेल, निरज गुप्ता, चन्दन गुप्ता, लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम को संचालन त्रिलोको प्रताब सिंहले गरेका थिए।