आमासँग मामा घर आएका बालकको ट्याक्टरको ठक्करबाट ज्यान गयो

आमासँग मामा घर आएका बालकको ट्याक्टरको ठक्करबाट ज्यान गयो

  • शुक्रबार, कार्तिक २८, २०७७
  • रबिन्द्र यादव

  • 7K
    SHARES

नवलपरासी पश्चिम, २८ कार्तिक ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको लु १ त ७९४२ नम्बरको ट्याक्टरले सोही दिशा जाँदै गरेको साइकलमा ठक्कर दिएकोमा पछाडि सवार दस बर्षिय बालक अमित लोनियाको सहिद स्मृति सामुदायिक अस्पताल चौपता लैजादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमान्नद पाण्डेले जानकारी दिए । मृतक बालक आफ्नो आमासंग मामा घर बसहिया आएका थिए ।

अहिले ट्याक्टर र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टम पछि परिवारलाई बुझाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ