गौर भन्सार नाका खोलाउन प्रदेश सांसद र मेयर सङ्गै स्थानीयको धर्ना र प्रदर्शन

गौर भन्सार नाका खोलाउन प्रदेश सांसद र मेयर सङ्गै स्थानीयको धर्ना र प्रदर्शन

  • शुक्रबार, कार्तिक २८, २०७७
  • सन्जय सहनी

  • 12.5K
    SHARES

 रौतहट, २८ कार्तिक ।
कोरोना भाइरसको संक्रमण न्यूनीकरण र त्रासका कारण बिगत ८ महिना देखि बन्द रहेको गौर भन्सार नाका खुलाउन जनप्रतिनिधि सहित स्थानीयले धर्ना र प्रदर्शन गरेका छन् ।
शुक्रवार गौर भन्सार नाका खुलाउन रौतहट क्षेत्र न एकका प्रदेश सान्सद बाबुलाल साहको नेतृत्वमा धर्ना बसेका राजनितिक दल र स्थानीयले प्रदर्शन समेत गरेका हुन।

रौतहटको मुख्य नाका गौर भन्सार भएर विगत झै निर्वाध रुपमा आवागमनलाई सहज बनाउन सिमा नाका सूचारु गर्नु पर्ने माँग राख्दै नागरिक समाजको नेतृत्वमा भएको धर्ना कार्यक्रमममा अध्यक्ष जगरनाथ केशरी, प्रदेश सभा सदस्य बाबुलाल साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता, नागरिक समाजको अध्यक्ष जगन्नथ प्रसाद केसरी ,जसपाका केन्द्रिय नेता अनिल सिह,रेवन्त झा नेता श्याम बिहारी साह ,प्रकाश भाइ मधेसीया ,काङ्ग्रेस नेता मोहन यादब सज्ज्न साह ,वडा अध्यक्ष भरत साह ,राकेश झा लगायतका सयकडो बौधिक बर्ग र स्थानीय द्धारा नाकामा धर्ना प्रदर्शन गरिएको हो।

मधेसी समुदायको अधिकान्श नातागोता भारतमा छ ,छठ नजिकै गर्दा आफन्त र चेलीबेटि माइत आउने जाने गर्छन् तथा तिहार र छठका बेला आवश्यक पर्ने सामग्री खरिद गर्न दुवै देशका स्थानियलाइ मर्का परेको छ यसबाट जनता भोगिरहेको पीडा मर्कालाई बुझ्नु हामी जनप्रतिनिधिको दायित्व भएकोले जनताको दुस्ख टार्न भन्सार नाका खोल्नु पर्ने आफ्नो माग रहेको प्रदेश सान्सद बाबुलाल साहले बताए ।

देश कै प्रधानमन्त्री लगायत राजनीति दलहरुले विभिन्न सार्वजनिक कार्यक्रम गर्दा कोरोना नलाग्ने ,भन्सार भएरै सयौ ट्रक मालबाहक ट्रक भारतबाट नेपाल आउँदा कोरोना नसर्ने तर जनताको लागि सिमा नाका खोल्दा कोरोना सर्ने रुभनेर सरकारले गरिरहेको क्रियाकलाप अशोभनीय रहेको गौरका मेयर अजय गुप्ताले बताए ।मेयर गुप्ताले सिमा नाका नखुल्दा जनताले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै सिमा नाका खोल्नुको बिकल्प नरहेको बताए ।

“नाका खुलाउन सरकारले चासो दिएको छैन । सिमावर्ति क्षेत्रका स्थानियको कठिनाई सरकारले बुझ्न चाहेकै छैनन् ।” जसपाका केन्द्रीय सदस्य रेबन्त झा भने “नाका बन्द हुदा दुवै देशको नागरिकको जीवन प्रभावित भएको छ । सिमा क्षेत्रको व्यापार, आर्थिक क्रियाकलाप समेत ठप्प भएको छ ।” सरकारले दुई देशका स्थानियको सम्बन्ध समेत बिर्गान खोजेको झाले आरोप लगाए ।कोरोना फैलिएको चीन नाका खुल्ने तर भारतिय नाका खोल्न गरेको आनाकानी मधेस र मधेसी जनता सङ सरकारले विभेद गरिरहेको ठोकुरा गरे।जसपाका अर्का नेता अनिल सिहले सिमा नाका नखोल्ने मधेस र मधेसी विरुद्धको रबैया बेलामा सच्च्याएर अगाडि नबढे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए।उहाँले अबिलम्ब बोर्डर खोल्नु पर्ने बताए ।

नागरिक समाज रौतहटका अध्यक्ष जगरनाथ केशरीले सरकार चाडपर्वको बेला निषेधाज्ञा जारी गर्ने र सिमानाका बन्द राख्ने निर्णय गरेर अन्याय गरेको बताए । “तराई मधेशको महान पर्वको रुपमा छठ मनाइन्छ तर यस्तो पर्वको बेला निषेधाज्ञा जारी गरेको छ ।”

अध्यक्ष केशरीले भने “जब सम्म सिमानाका पहिलेकै अवस्थामा खोलिदैन हामी आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिए ।”चाडपर्वका बेला किनमेलका लागि भारतीय बजारमा निर्भर रहेका नेपाली र भारतीय उपभोक्ताहरु आफनो गन्तव्य सम्म जान नपाएको भन्दै आक्रोशित स्थानियले गौर भन्सार क्षेत्रमा पटक पटक विरोध प्रर्दशन गर्दै आएका छन् । बजार, कलकारखाना, विद्यालय र यातायात सबै क्षेत्र संचालनमा आईसक्दा पनि सिमानाका अझै बन्द रहेको प्रति स्थानियमा आक्रोश रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ