राम्रा अवसर खेर फाल्दा नेपाल बंगलादेशसगँ २–० ले पराजीत

राम्रा अवसर खेर फाल्दा नेपाल बंगलादेशसगँ २–० ले पराजीत

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

 

कार्तिक २८ काठमाण्डौं । नेपालले बंगलादेश बिरुद्धको पहिलो मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । ढाकामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजीत भयो ।
बंगलादेशले नेपालको डिफेन्सको कमजोरीको फाईदा उठाउदै ९ औं मिनेटमा गोल गरेको थियो ।
त्यस पछि नेपालले दबाब बनाएर केही राम्रा अवसर सृजना गरे पनि गोलमा परिणत गर्न सकेन ।
दोस्रो हाफ्मा केही कमजोरी गर्दा नेपालले ८० औं मिनेटमा दोस्रो गोल खान पुग्यो ।
त्यस पछिका अवसरमा पनि नेपाली खेलाडी गोल गर्न चुकेका थिए । बंगलादेशका थुप्रै प्रहारलाई नेपालका भरपर्दा किप्पर एवं कप्तान किरण चेमजोङले बचाउ गरेका थिए ।
नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल मंसीर २ गते खेल्ने छ ।

नेपालका मुख्य ८ जना राष्ट्रिय टोलीका नियमित सदस्यहरु कोरोना संक्रमित र घाईते भएकाले पनि यस पटक प्रशिक्षक बालगोपाल महर्जनले नयाँ ६ जना खेलाडीलाई स्थान दिएका थिए ।
सन् २०२२ को विश्वकप छनौटका लागि भईरहेका खेलहरुमा नेपालले अझै जोर्डन, अष्ट्रेलिया, चाईनिज ताईपेईसगँ एक एक खेल खेल्न बाँकी रहेको छ । त्यसैको तयारीका लागि नेपाल बंगलादेश गएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ