उद्योगी व्यवशायी विभाजित हुँदा महासंघ कमजोर बन्छ : पूर्व अध्यक्ष जोशी

उद्योगी व्यवशायी विभाजित हुँदा महासंघ कमजोर बन्छ : पूर्व अध्यक्ष जोशी

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कार्तिक २८ काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले उद्योगी व्यवसायीहरु विभाजित हुँदा महासंघ कमजोर बन्ने बताएका छन । मूलुकले हासिल गर्न चाहिरहेको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु एक भएर योगदान गर्नुपर्ने उनको भनाई छ । उनले अहिलेको अवस्थामा सरकारसँग मिल्ने कुरामा मिलेर र उद्योगी व्यवसायी प्रतिकुलका निर्णयमा सरकारसँग लडेर अधिकार लिन सक्ने नेतृत्व महासंघलाई चाहिएको बताए ।
उनले महासंघको आगामी अध्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई आफ्नो समूह भनेर सहयोग गरिरहेको बताउँदै अध्यक्षले चाहेको समूहलाई समर्थन गर्नु महासंघको नै आवश्यकता रहेको औंल्याएका छन् । नेतृत्वले चाहेको व्यक्ति तथा समुह कार्यसमितिमा नआउँदा काम गर्न असजिलो हुने गरेको विगतलाई स्मरण गर्दै पूर्व अध्यक्ष जोशीले मतदाताहरुले महासंघको नेतृत्व सबल भएको देख्नका लागि प्रधान र उनको समुहलाई सघाउनु पर्ने बताए । यसो भएको खण्डमाा महासंघ नेतृत्व कमजोर हुने गरेको इतिहास नदोहोरिने उनको भनाई छ ।
अघिल््लो निर्वाचनमा किशोर प्रधान र शेखर गोल्छा एक आपसमा प्रतिस्पर्धा गरेको भए पनि प्रधानको आवश्यकता महशुस गरेर नै जिल्ला नगरको उपाध्यक्ष बनाएर महासंघबाट बाहिरिन नदिइएको जोशीको भनाई थियो । जिल्ला नगरतर्फको अनुभवी व्यक्ति महासंघमा प्रधान नै भएकाले उनलाई महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित गराउनु पर्ने जोशीको बुझाई छ ।
‘शेखर गोल्छा अब अध्यक्ष हुँदै हुनुहुन्छ, हिजो आफैँसँग प्रतिस्पर्धा गरेको व्यक्तिलाई किन आज मेरो टिम भन्दै हुनुहुन्छ ?’ जोशीले भने, ‘हिजो पनि किशोर प्रधान बाहिर हुँदा रिक्त रहेको जिल्ला नगर उपाध्यक्षमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखेर गोल्छाले नै किशोरलाई ल्याउनुपर्छ भनेर ल्याइएको हो । म सबैलाई आग्रह गर्न चाहन्छु, अनुभवी व्यक्तिलाई महासंघमा ल्याउनु पर्छ ।’
पूर्व अध्यक्ष जोशीले कोरोनाका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्न आगामी अध्यक्ष गोल्छाले ल्याउने योजना कार्यान्वायन गर्नका लागि महासंघमा २८ वर्ष लामो अनुभव भएका किशोर प्रधान नै सारथीका रुपमा उभिन सक्ने भएकाले उनको समूहलाई निर्वाचित गराउन आग्रह गरेका छन् ।
महासंघसँग सरकार परिवर्तन गर्न सक्ने क्षमता हुँदाहुँदै पनि सरकारले पार्दै आएको असजिलोमा नै लिप्त हुने प्रवृत्ति व्यवसायिक वातावरणका लागि दुर्भाग्य भएको जोशीले बताए । उद्योगी व्यवसायी भनेको राज्यलाई सबैभन्दा बढी कर बुझाउने समुदाय भएको उल्लेख गर्दै उनले कर बुझाए वापत पाउनुपर्ने अधिकारबाट उद्योगी व्यवसायी नै बञ्चित हुनुपर्ने अहिलेको अवस्था चिर्नका लागि पनि महासंघको आगामी निर्वाचनमा मतदाताले सोचेर मतदान गर्नुपर्ने उनको सुझाव छ ।
‘हामी करदाता हौँ, रोजगारदाता हौँ, चैत्र ११ गतेदेखि मूलुक लकडाउन भयो, सबै उद्योग धन्दा, व्यापार व्यवसाय बन्द गर्न सरकारले उर्दी गर्यो, हामीले बन्द पनि गर्यौं’ पूर्व अध्यक्ष जोशीले भने, ‘तर उद्योग व्यवसाय बन्द रहँदा पनि आफ्ना कामदारलाई आफैँ पैसा देउ भनेर सरकारले भन्यो, हामी यो सुनेर मात्रै बस्यौँ, बोल्न सकेनौँ । किनभने हामी अहिले कमजोर बनिसकेका छौं ।’
उनले थपे, ‘किशोर प्रधान कसैको उक्साहटमा निर्वाचनमा होमिएका होइनन्, अहिलेको अर्थतन्त्रको जर्जर अवस्थामा मैले अध्यक्षलाई सहयोग गर्नुपर्छ र गर्न सक्छु भनेर आएका हुन् । त्यसैले उनलाई यसपटक निर्वाचित गराउनुको विकल्प छैन,’ जोशीले भने ‘ आगामी नेतृत्वलाई दुई फरक खेमामा विभाजित गर्ने गराउने गल्ती भयो भने महासंघ अबका दिनमा झनै कमजोर बनेर जानेछ ।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ