न्यानो लुगा बोकेर जेष्ठ नागरिकको घरघरमा नगर प्रमुख र वडा अध्यक्ष(तस्वीर सहित )

न्यानो लुगा बोकेर जेष्ठ नागरिकको घरघरमा नगर प्रमुख र वडा अध्यक्ष(तस्वीर सहित )

  • शुक्रबार, कार्तिक २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.9K
    SHARES

कार्तिक २८ काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. १० का जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । वडा नं. १० को आयोजनामा वडाभित्र रहेका जेष्ठ नागरिक र एकल महिला गरी ३ सय २५ जनालाई घरघरमै पुगेर जाडोका लागि न्यानो लुगा वितरण गरिएको हो ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिना, वडा अध्यक्ष रामकृष्ण अधिकारीसहित जेष्ठ नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफू वृद्धावृद्धालाई सहयोग दिनको लागि नभई आशीर्वाद माग्न आएको बताए । ‘नगरले बार्षिक योजना बनाएरै जेष्ठ नागरिकको लागि काम गर्दै आएको छ’ शर्माले भने ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउनेछ ।’ नगरका सबै वडामा जेष्ठ नागरिकका लागि यस्ता कार्यक्रम आयोजना गरिने शर्माले जानकारी दिए ।


दुई दिन लगाएर वडाका सबै जेष्ठ नागररिक तथा एकल महिलालाई न्यानो लुगा वितरण गरिएको वडाअध्यक्ष अधिकारीले बताए ।

अधिकारीका अनुसार सबैलाई जाडोमा न्यानोका लागि एक एक थान स्वेटर, टोपी र ट्राउजर वितरण गरिएको छ । यस्तै ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई चार्जेबल टर्चसमेत वितरण गरिएको छ । ‘कोभिड १९ महामारीको अवस्था र जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै टोलटोलमै टोली पुगेर न्यानो लुगा वितरण गरेका हौं’ वडा अध्यक्ष अधिकारीले भने । आफू निर्वाचित हुनु अघि नै जेष्ठ नागरिकलाई विभिन्न अवसरमा सम्मान गर्दै आएको र निवाचित भएपछि पनि बर्सेनी जेष्ठ नागरिक सम्मान लगायतका कार्यक्रम गरिरहेको अधिकारीले बताए । वडाले कोभिड १९ महामारी सुरु भएलगत्तै वडाका सबै बासिन्दाका लागि मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गर्नुका साथै चेतनामुलक अभियान सुरु गरेको थियो । त्यसकै कारण हालसम्म उक्त वडामा कोभिड १९ का बिरामी फेला परेका छैनन् ।

वडाले घरमै आएर न्यानो लुगा वितरण गर्दा जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । उनीहरुले जनप्रतिनिधि आएपछि आफूहरुले पाउने सेवा सुविधामा समेत वृद्धि भएको बताए । पछिल्लो समय नियमितरुपमा वृद्धभत्ता आएको तथा नगर र वडाले विभिन्न समयमा राहतसहित सहयोग र सम्मान गर्दै आएको उनीहरुले बताए ।

यसअघि नगरप्रमुख शर्माले वडा नं। १० पुगेर वृद्धवृद्धालाई स्वास्थ्य सामग्री वितरण गरेका थिए । नगरपालिकाले यसअघि नै नगरभित्र वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको काम गरिरहेको छ । नगरभित्रका वृद्धवृद्धाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्ने लगायतका कामसमेत अगाडि बढाइएको नगरप्रमुख शर्माले जानकारी दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी