पर्सा, २८ कार्तिक । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंज महानगरपालिका वडा नम्बर ६ स्थित रहेको माइस्थान र आर्थिक राजस्व कार्यालयको सडक निर्माण नहुदा सर्वसधारणलाई सास्ती खेप्नु परेको छ । बिगत लामो समयदेखी स्थानीय तथा यात्रीहरुलाई समस्या थपिएको समयमा वीरगंज महानगरले कार्य सुचारु गरेपनि हालसम्म कार्य सम्पन्न नहुदा स्थानीय तथा यात्रीहरुलाई सास्ती खेप्नु परेको हो ।
माइस्थान र आर्थिक राजस्व कार्यालय सडक निर्माणको लागी वीरगंज महानगरपालिका कार्यालयले लागत छुटयाएपनि हालसम्म निर्माण हुन नसकेको स्थानीयले दुखेसो पोखेका छन । वीरगंज महानगरपालिकाले सडक निर्माणको लागी महाबिर ईन्जिनीयरिङ प्राइवेट लिमिटेडलाई ठेक्का दिएपनि सडकको कार्य हालसम्म निर्माण हुन नसकेको बताए । स्थानीय पंकज श्रेष्ठका अनुसार धेरै पहिलादेखी खराब भएको सडकका कारण स्थानीय लगायत यात्रीहरु समेत पटक पटक वीरगंज महानगरको बिरोधमा उत्रिएपछि सडकको कार्य सुचारु भएको जनाए । तर वीरगंज महानगरले ठेक्का लगाएर काम सुचारु गरेपनि हालसम्म निर्माण प्रकृया अगाडी नबढेको कारण झन समस्या थपिएको छ ।

वीरगंज महानगरपालिका कार्यालयका प्रमुख बिजय कुमार सरावगीले ४ दिनदेखी ५ दिन भित्र काम सम्पन्न हुने आश्वासन दिएको कारण आन्दोलन फिर्ता भएको स्थानीय रोशन गुप्ताले बताए । मेयर बिजय सरावगीले पटक पटक आश्वासन दिएपनि करिब १५ दिन बितिसक्दापनि हालसम्म सडक निर्माणको कार्य सुचारु नभएको गुप्ताको भनाई छ ।
सडक पेटीमा करिब १० दिन अगाडी गिटी खसालेपनि हालसम्म निर्माणको कार्य सुचारु नभएको गु्नासो स्थानीयको छ । सडक निर्माण नहुदा मुख्य सडकमा रहेका पसलहरु संचालकहरु समेत मारमा परेका छन् ।
लक डाउनको समयमा बन्द रहेको पसलहरु तिहार तथा छठ पर्बको समयमा खोल्ने भएपनि सडक निर्माणको कार्यले पसलहरु बन्द नै रहेको पसल संचालक संजय कुमार सरार्फले बताए । लक डाउनमा नेपाल सरकारले बन्द गराएको पसलहरु खोल्ने समय आएपनि सडकका कारण आफुहरु मारमा परेको बताए ।
वीरगंज महानगरपालिकाले गरिरहेको कार्य छठ पर्बपछि निर्माण सुरु गरिदा आफुहरुलाई समस्या थपिन नसक्ने बताउदै सडक निर्माणको कार्य समयमा सम्पन्न गरे आफुहरुलाई केही राहत हुने उनको भनाई छ ।

अर्का पसल संचालक मनोज कुमार कलवारका अनुसार वीरगंज महानगरपालिका कार्यालयको चरम लापरवाहीले सडकको कार्य हुन नसक्दा व्यापार व्यवसाय पुरै चौपट भएको प्रतिकृया दिए । उनका अनुसार आज भन्दा करिब २० दिन अगाडी ४ दिन भित्र कार्य सम्पन्न हुने आश्वासन दिएका मेयर सरावगीले ठेक्का लगाएपनि ठेकेदार नै गायब भएपछि २० दिनदेखी योजना अलपत्र नै रहेको बताए । वीरगंज महानगर संग ठेक्का लिएका महाबिर इन्जिनीयरिङले योजनाको कार्य सम्पन्न नगरी बिचमै छाडेर पलायन भएपछि सडकको कार्य अलपत्र रहेको उनले बताए।
स्थानीयले सडक निर्माणको लागी बिरोध स्वरुप बाटो बन्द गरिदा निर्माण कार्य त सुरु गरिने आश्वासन दिएर कार्य सुचारु गर्न लगाएपनि ठेकेदार कम्पनी बेपता भएको कारण ब्यपार व्यवसाय ठप्प भएको बताउनु भयो ।

स्थानीय, यात्री तथा पसल संचालकहरुले भोग्दै आएको पिडाका कारण वीरगंज महानगरले पटक पटक आश्वासन दिएपनि काम सुचारु भएको छैन । सडक मै नालाको पानीको बहाव हुन थालेपछि सडक निर्माण हुन नसकेको ठेकेदार कम्पनीका सदस्यले बताएका छन् ।
वीरगंज महानगर मात्र नामको लागी ग्रिन सिटि राखेपनि सडकमै पानीको बहाव गर्नथालेपछि निर्माण हुन नसकेको जनगुनासो छ ।
स्थानीयको घरदेखी नालाको पानी समेत सडकमै आउने गर्दछ । जसका कारण यात्रीहरु सडक पेटीको फुटपाथबाट आवगमन गर्न बाध्य भएका छन् । सडक निर्माणको कार्य गर्ने ठेकेदार कम्पनी लगायत सरोकारवालाको उक्त सडक निर्माण कार्यतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।