कार्तिक २८ काठमाण्डौं । कोरोना महामारी पछि कुनै औपचारीक खेल र प्रशिक्षणमा भाग लिन नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेश बिरुद्ध मैत्रीपूर्ण पहिलो खेल खेल्दै छ ।
यसका लागि नेपाली टोली यस अघि नै ढाका पुगेर तयारी गरीरहेको छ । नेपालले साझँ पौने ५ बजे खेल्ने छ ।
नेपालका मुख्य ८ जना राष्ट्रिय टोलीका नियमित सदस्यहरु कोरोना संक्रमित र घाईते भएकाले पनि यस पटक प्रशिक्षक बालगोपाल महर्जनले नयाँ ६ जना खेलाडीलाई स्थान दिएका छन् ।
प्रिम्याच कन्फेरेन्समा प्रशिक्षक महर्जनले विगत पाँच बर्ष देखि बंगलादेशले भन्दा नेपालले राम्रो खेलिरहेको भन्दै यो म्याच जीत्ने आशा व्यक्त गर्दै टिम कुनै पनि दबाबमा नरहेको बताए ।
बंगलादेश पुगे पछि पनि नेपालका एक खेलाडी कोरोना संक्रमित बनेका थिए । नेपालले दोस्रो खेल पनि बंगलादेश बिरुद्ध खेल्ने छ ।
सन् २०२२ को विश्वकप छनौटका लागि भईरहेका खेलहरुमा नेपालले अझै जोर्डन, अष्ट्रेलिया, चाईनिज ताईपेईसगँ एक एक खेल खेल्न बाँकी रहेको छ । त्यसैको तयारीका लागि नेपाल बंगलादेश गएको हो ।