कार्तिक २८ धनगढी । बैतडीमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । ८ जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टका लागि अस्पताल लगिदै गरेको जनाईएको छ ।
। जिल्लाको गन्नाबाट छुटेको ना ५ ख ५१४१ न को यात्रुवाहक बस गएराति बैतडीको खोडपेमा सडकबाट ३ सय मिटर तल खसेको थियो । उक्त बस बैतडीबाट कन्चनपुरको महेन्द्रनगर जादै थियो ।
दुर्घटनामा अन्य २९ जना घाईते भएका छन् । त्यस बसमा जम्मा ५४ जना यात्रु रहेको बताईएको छ । घाईतेहरुको उपचारका लागि डडेलधुरा लगिएको छ । बसको क्षमता भन्दा बढी यात्रु रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline