कोरोना भ्याक्सिनमा शक्तिराष्ट्रहरुको होडबाजीः कसले पहिला ल्याउला विश्व बजारमा ?

कोरोना भ्याक्सिनमा शक्तिराष्ट्रहरुको होडबाजीः कसले पहिला ल्याउला विश्व बजारमा ?

  • शुक्रबार, कार्तिक २८, २०७७
  • -सिर्जना तिम्सिना

  • 23.9K
    SHARES

आर्थिक तथा सैन्य र प्रविधिमा प्रतिस्पर्धा गरीरहेका महाशक्तिका रुपमा रहेका अमेरीका, रुस र चीनबीच अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्धको भ्याक्सिनमा पनि प्रतिस्पर्धा देखिएको छ ।
डिसेम्बर, २०१९ मा चीनको वुहानमा देखिएको भाईरसले विश्वभर ५ करोड बढी मानिस संक्रमित छन् भने साढे १२ लाख बढीको मृत्यु भईसकेको छ । यस्तोमा कुनै औषधी र भ्याक्सिन कोरोना बिरुद्ध तयार छैन । तर शक्ति राष्ट्रहरु निरन्तर भ्याक्सिनको होडबाजीमा लागेका छन् ।
चीनले सबै भन्दा पहिला भ्याक्सिन अनुसन्धान थालेर परीक्षण शुरु गर्यो । उसले सेनामा कार्यरत वैज्ञानिक चेन वि को नेृत्वको टिमले शुरुवाती अनुसन्धान पछि भ्याक्सिनको बिकास गरेको छ र अहिले चीन, पाकिस्तान, ब्राजिल, सर्विया, युएई जस्ता देशमा चीनीया भ्याक्सिनको परीक्षण तेस्रो चरणमा चलिरहेको छ ।
हालै अमेरीकी फर्मा कम्पनी फाईजरले गरेको परीक्षणमा ९० प्रतिशत संक्रमितमा प्रतिरोध क्षमता विकास भएको रिपोर्ट प्रकाशित भए पछि त्यसले विश्वभर आशाको नयाँ सञ्चार गरेको छ ।
यस अघि नै रुसले सन् १९५७ मा शीतयुद्धका बेला आविष्कार गरेको अन्तीक्ष यान स्पुतनिक भी नामक भ्याक्सिनको विश्वमै सबै भन्दा पहिले उत्पादन र वितरण अनुमति लिईसकेको थियो । अहिले यसले ९२ प्रतिशत प्रतिरोधी क्षमताको विकास गरेको रुसी अधिकारीहरुले जनाएका छन् । फाईजरले आफ्नो प्रतिवेदन सार्वजनिक गरे लगत्तै स्पुतनिक भी ले अझ ९२ प्रतिशत काम गरेको रिपोर्ट सार्वजनिक गरे पछि यसलाई एक हिशाबले प्रतिस्पर्धाको कोणबाट हेरिएको छ ।
यसका अतिरिक्त बेलायतले पनि भ्याक्सिन बनाईरहेको छ । केही समय अघि उक्त भ्याक्सिन ट्रायलका क्रममा केही मानिस विरामी परेकामा रोकेर पुनः परीक्षण गरि सुचारु गरिएको छ । केही समय अघि उक्त भ्याक्सिन लगाएका एक व्यक्तिको मृत्यु समेत भएको थियो ।
चीनले उत्पादन गरेका भ्याक्सिनहरु अहिले आफ्ना नागरिकहरुमा लगाईरहेको छ । चीनले आफ्ना विदेश जाने र विदेशबाट आउने नागरिकहरुका लागि आफैले उत्पादन गरेको भ्याक्सिन लगाईदिने गरेको छ ।
रुस र चीनले उत्पादन गरीरहेका भ्याक्सिनलाई पश्चिमाहरुले विस्वास गरीरहेका छैनन् । उनीहरुले फाईजरको भ्याक्सिन र अक्सफोर्डको भ्याक्सिनमाथि विस्वास गरीरहेका छन् । यी बाहेक अन्य देशहरुले पनि भ्याक्सिनको परीक्षण गरीरहेका छन् । समग्रमा कुल ४० बढी देशहरु भ्याक्सिनको उत्पादन र ट्रायलमा लागेका छन् ।

पुटिनकी यीनै दुई छोरी मध्य एकले शुरुमा कोरोनाको भ्याक्सिन लगाएकी थिईन् ।

 

भ्याक्सिनमा कुन देशको स्थिति कस्तो छ ?
१. रुस
कोरोना नियन्त्रणमा उल्लेख्य सफलता पाएको रुसले सबै भन्दा पहिले कोरोना बिरुद्धको भ्याक्सिन तयार पारेको घोषणा गर्यो । अगष्टमा सबै भन्दा पहिला रुसले स्पुतनिक भी नामक भ्याक्सिन बनाएको घोषणा गर्यो । यो भ्याक्सिन सबै भन्दा पहिला शक्तिशाली राष्ट्रपति भ्लादीमीर पुटिनकी छोरीलाई नै दिईएको थियो । यसले विश्वमा नयाँ बहस छेडियो । अमेरीका सहितका पश्चिमाहरुले ट्रायल नभएको भन्दै आलोचना गरे तर पछि विस्तारै स्वीकार गरियो र अहिले भेनेजुएला, ब्राजिल, भारत सहित दर्जनौँ देशहरुमा रुसले तयार पारेको यो भ्याक्सिन परीक्षण भईरहेको छ ।
स्पुतनिक भी भनेको रुसले सन् १९५७ मा तयार पारेको पहिलो अन्तरीक्ष यानको नाम दिएको थियो । त्यतिखेर रुस र अमेरीकाबीच कडा महाशक्तिको होडबाजीमा शीतयुद्ध चलेका बेला त्यसले ठुलो प्रभाव पारेको थियो । अहिले भ्याक्सिनमा पनि रुसले सोही नाम राखेर सबै भन्दा पहिला भ्याक्सिन बनाउने पहिलो राष्ट्र भएकोघोषित गर्यो । रुसले १४ अक्टोबरमा दोस्रो भ्याक्सिन बनाएको घोषणा गरेको छ भने तेस्रो भ्याक्सिन पनि बनाईरहेको जनाएको छ । समग्रमा रुसी भ्याक्सिनले डिसेम्बर सम्ममा बजारमा ल्याईसक्ने जनाईएको छ । विश्वका विभिन्न देशबाट रुसी भ्याक्सिनका लागि अर्डर आईरहेको अधिकारीहरुले जनाएका छन् । अहिले रुसी भ्याक्सिनले ९२ प्रतिशत संक्रमितहरुमा प्रतिरोध क्षमताको विकास भएको अमेरीकी कम्पनी फाईबरले ९० प्रतिशत संक्रमितमा प्रतिरोध क्षमता विकास भएको घोषणा गरे लगत्तै गरेको थियो ।

 

२. चीन
चीनमै शुरुमा कोरोना देखिएकाले पनि उसले शुरुमै कोरोनाको विष्लेषण र पहिचान एवं त्यस विरुद्ध खोपको विकासमा जोड दियो । एक अर्ब ४५ करोड जनसंख्या भएको चीनमा अहिले विश्वमा देखिएको रफ्तार अनुसार कोरोना फैलिएको भए शायद करोडौ नागरिकहरु संक्रमित भएका हुन सक्थे । तर अनुशासित जनता र कडा नियन्त्रण गरेर चीनले एक लाख भन्दा तलै संक्रमित हुँदा कोरोनामाथि जीत हात पार्यो र लगातार भ्याक्सिनको अन्तिम परीक्षण गरीरहेको छ । जनमुक्ति सेनामा कार्यरत वैज्ञानिक चेन विको नेतृत्वमा चीनले भ्याक्सिन बनाएर बालकदेखि बृद्धा सम्म परीक्षण गर्यो । अहिले ब्राजिल, युएई, पाकिस्तान, सर्विया लगायतका देशमा चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको भ्याक्सिन ट्रायल भईरहेका छन् । यो भ्याक्सिनको नेगेटिभ ईफेक्ट देखिएको रिपोर्ट सार्वजनिक भएको छैन । तर चीनले प्रतिस्पर्धाको रुपमा घोषणा भने गरेको देखिदैन । शायद कोरोनाको शुरुवात त्याहाँबाट भएर होला अमेरीकी ट्रम्प प्रशासनले चीनीया भाईरस, वुहान भाईरस भन्दै चीनमाथि लगाएको आरोपको खण्डन गर्ने दबाबमा रहेकाले पनि चीनले तीव्र घोषित प्रतिस्पर्धामा जोड नभएको हुनसक्छ । तर चीनीया भ्याक्सिन पनि प्रभावकारी हुने अनुमान छ ।

Fact check: No evidence supports Trump's claim that COVID-19 vaccine result was suppressed to sway election | Science | AAAS

३. अमेरीका
विश्वको अहिले सम्मको महाशक्ति अमेरीकी फर्मा कम्पनीहरुले पनि भ्याक्सिन परीक्षण गरीरहेका छन् । हालै अमेरीकी निर्वाचन सकिए लगत्तै औषधी निर्माता कम्पनी फाईजर र बायोनटेकले उत्पादन गरेर परीक्षण गरेको भ्याक्सिन ९० प्रतिशत सफल भएको घोषणा गरिएको छ । यसले विश्वका ६ देशका ४३ हजार ५ सय नागरिकमा लगाईएको भ्याक्सिनले ७ दिन भित्रै रोगप्रतिरोधी क्षमताको विकास गरेको पाईएको छ । साथै यस भ्याक्सिनले कुनै पनि साईड ईफेक्ट देखाएको छैन ।
कम्पनीले यो रिपोर्ट जारी गर्दै आजको दिन विज्ञान र मानवताका लागि महान दिन भएको टिप्पणी गरेको छ । कम्पनीले यसै नोभमेम्बर महिनाको अन्त्य सम्ममा यो भ्याक्सिन प्रयोगका लागि आपतकालीन आवेदन दिन सक्ने जनाएको छ । रुस, चीन लगायतका देशले बनाएका भ्याक्सिनको पनि ट्रायल भईरहेको छ । तर सबै भन्दा पहिला फाईजरले तयार पारेको भ्याक्सिनले परिणाम दिएको कम्पनीको दाबी छ । यो भ्याक्सिन तीन साता भित्र दुई डोज लिनु पर्ने हुन्छ । फाईजरले यो बर्षको अन्त्य सम्ममा ५ करोड डोज तयार पार्ने र सन् २०२१ भित्र एक अर्ब ३ करोड डोज उत्पादन गर्ने घोषणा गरेको छ । यो भ्याक्सिनलाई शुन्यदेखि माईनस ८० डिग्री सम्मको तापक्रममा राख्नु पर्ने भएकाले गरीब देशहरु र लजिष्टक आपुर्ति कमजोर रहेको क्षेत्रमा प्रयोगमा जटिलता देखा पर्ने ठानिएको छ ।

यस बाहेक बेलायत लगायतका अन्य मुलुकहरुले पनि भ्याक्सिनको विकासमा प्रयास जारी राखेका छन् । बेलायतको अक्सफोर्डले विकास गरेको भ्याक्सिन केही असर देखिए पछि रोकिए पनि अहिले पुनः ट्रायल जारी राखिएको छ ।

कसले पहिला लेला बजार ?
विश्व अर्थतन्त्र ठूलो मन्दीबाट गुज्रिएका बेला अब ओषधी र भ्याक्सिनको निर्यात ठूला देशहरुलाई आमदानीको ठूलो स्रोत हुने देखिएको छ । त्यसमा सबै भन्दा पहिला भ्याक्सिन बजारमा ल्याउन सक्ने मुलुकले बढी फाईदा लिने देखिन्छ । यो प्रयासमा रुस, अमेरीका चीन, बेलायत छन् । अहिले नै विशाल ल्याबहरु बनाएर करोडौँ डोज उत्पादन गर्न थालिसकेका छन् । लाखमा हैन दशौँ करोडका दरले ठुला जनसंख्या भएका देशहरुले अर्डर दिन सक्ने छन् । जसबाट अरबौँ डलर ती देश र कम्पनीहरुले कमाउने अवसर पाउनेछन् । जतिसुकै गरीब देश भए पनि कोरोनाबाट नागरिकलाई बचाउन भ्याक्सिन खरीद गर्नै पर्ने हुन्छ ।
यसले गर्दा विश्व बजारमा शक्तिराष्ट्रहरुबीच बन्दुकको स्थानमा भ्याक्सिन ब्वापारको प्रतिष्पर्धाको होड चल्ने देखिन्छ ।

भ्याक्सिनको प्रतिस्पर्धाले हतियारको होड जस्तो रुप नलियोस् । यसले आर्थिक मुनाफा भन्दा मानव समाजलाई बरदान दिने र योगदान दिने प्रतिस्पर्धाको रुपमा शक्तिशाली शासकहरुले सोच्नु पर्दछ । नत्र उनीहरुको ब्यापार, मुनाफा र अर्थतन्त्रको प्रतिस्पर्धामा लाखौँ गरीब नागरिकहरुको जीवन खेर नजाओस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी