नेपालगञ्जमा भारत र नेपालका मन्त्रीद्धारा एकिकृत जाच चौकी शिलान्यास

नेपालगञ्जमा भारत र नेपालका मन्त्रीद्धारा एकिकृत जाच चौकी शिलान्यास

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

नेपालगञ्ज कार्तिक २७। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को शिलान्यास गर्नुभएको छ । भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको एकिकृत जाच चौकीको भुमी पुजा र शिलान्यास कार्यक्रममा प्रमुख अथिति मन्त्री श्रेष्ठले भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न महत्वपुर्ण रहने बताउनुभयो ।
उहाले भारत सरकारको सहयोगमा चार स्थानमा चौकी निर्माण गर्ने सम्झौता भए अनुसार दुई वटा सम्पन्न भएर तेस्रो चौकीको शिलान्यास गर्ने मौका पाएकठले सदिऔदेखि नेपाल र भारतको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
कोरोना महामारीको कारण नेपालगंज पुग्न नसकेपछि भर्चुअल रुपमा शिलान्यास गरिएको थियो । सोही अवसरमा भुमी पुजा गरिएको थियो । नेपालगंजमा आयोजित भुमिपुजा कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाले सन् २००५ देखि शुरु भएको परियोजनाले दुई देशबीचमा आर्थिक विकासमा सहज पुगेको बताउनुभयो । भन्नुभयो–चार मध्य दुईवटा एकिकृत जाच चौकी निर्माण सम्पन्न भैसकेकेको र दुई वटा निर्माणको क्रममा रहेका छन् । दुवै सरकारले तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

No description available.
विशेष अतिथिको रुपमा नयाँ दिल्लीबाट चौकी सिलान्यास र भुमिपुजा अवलोकन गर्नुभएका शहरी विकासमन्त्रीका समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल र भारतको सम्बन्ध अति महत्वपुर्ण रहेको ब्ताउनुभयो ।
भन्नुभयो–हाम्रो सम्बन्धन विश्वका अन्य देशको भन्दा फरक छ, जादुभाइको जस्तै छ । उहाले कोभिड महामारीको कारण आफु नेपालगंज आएर शिलान्यास गर्ने कार्यक्रम रोकिएको बताउदै नेपाल आउने आफ्नो इच्छा पुरा हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाले आफ्ना समकक्षी शहरी विकास मन्त्री श्रेष्ठलाई भारत भ्रमण गर्न आग्रह गर्दै भन्नुभयो – तपाईलाई भारत भ्रमणको लागि निम्तो छ, दुई देशबीच आर्थिक विकासको लागि मिलेर जान थुप्रै योजना बनाउनेछौ । उहाले भारतको नीति भनेकै विकासमा छिमेकी पहिलो रहेको र सोही अनुसार नेपाललाई निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

No description available.
‘ हामी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ, विकासका नया नया योजनामा हातेमालो गरी अघि बढ्नुपर्छ ’–मन्त्री गोयलले भन्नुभयो । मन्त्री गोयलले भारतले थप नया योजनामा सहयोग गर्न विभिन्न परियोजना तयार गरिरहेको उल्लेख गर्नुभयो । उहाले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँच चौकीको निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्ने निकायको विषय भने विचाराधीन अवस्थामा रहेको छ ।
यसअघि वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी मा संयुक्त रुपमा उद्घाटन भैसकेको छ । योजना अनुसार अब नेपालगंज र भैरहवामा चौकी निर्माणको क्रममा रहेको छ ।
नेपालगंज परियोजनाको राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।
संरचना नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको करिब ६२ ५ हेक्टर जग्गामा निर्माण गरिनेछ ।
कार्यक्रममा नेपालगंग उपमहानगरपालिकाका मेयर धवल शम्सेर जबराले एकिकृत चौकी निर्माण भएरपछि सवारी आवागमन मा सहज हुने बताउनुभयो । उहाले सरकारको महत्वाकांक्षी योजनालाई सबैले सफा बनाउनुपर्ने बताउनुभयो । समग्रमा यस परियोजना अन्तर्गत निर्माण हुने संरचनाले अन्तरदेशीय व्यापार तथा आर्थिक गतिविधिहरुलाई प्रबद्र्घन गर्ने अपेक्षा गरिएको छ ।

शहरी विकास मन्त्रालयमा आयोजना भएको भर्चुअल कार्यक्रमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहले सो समारोहको अवलोकन गर्नुभएको थियो ।को

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ