अर्जेन्टिनाका लागि विश्वकप छनौटमा मेसीले पुन खेल्न सक्ने

अर्जेन्टिनाका लागि विश्वकप छनौटमा मेसीले पुन खेल्न सक्ने

  • बिहिबार, कार्तिक २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताउनुभएको छ ।

लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न नसक्ने भनी चर्चा भइरहेका समय स्कालोनीको उक्त भनाइ आएको हो ।

यसभन्दा पहिले बार्सिलोनाका फरवार्ड खेलाडी मेसीले ब्युनोस आयर्सको ला बम्बोनेरामा बिहीबार पराग्वेसँगको टिमको भिडन्त अगाडि अर्जेन्टिनाको टीमसँग प्रशिक्षणमा सहभागी हुनुभएको थियो ।

“बार्सिलोनामा स्कालोनीले भन्नुभयो, “मेसी आफ्नो खुट्टाको गोलीगाँठा चोटका बाबजुद पनि खेल्दै हुनुहुन्छ ।”

शनिबार बार्सिलोनाका लागि खेल्ने क्रममा खेलको आधा समयसम्म नै चोटका कारण मेसीलाई मैदानमा पठाइएको थिएन । यद्यपि उक्त खेल बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले जितेको थियो ।

बार्सिलोनाका ब्यवस्थापक रोनाल्ड कोम्यानले भन्नुभयो, “फरवार्ड मेसीलाई सुरुमा नखेलाउनुको अर्थ उहाँ स्वस्थ हुनुहुन्थेन ।” उहाँले मेसीको शारिरीक अवस्थाबारे विस्तृत विवरण नदिइकनै भन्नुभयो ।

बिहीबार पराग्वेसँग खेलेपछि अर्जेन्टिनी फुटबल समूह अर्को खेलका लागि पेरुको राजधानी लिमा जानेछ ।

अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको १० टिममध्ये ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ