शेयर बजार तीन वर्ष पछि पहिलो पटक १७०० अंक माथि पुग्यो, कारोबार पनि बढी

शेयर बजार तीन वर्ष पछि पहिलो पटक १७०० अंक माथि पुग्यो, कारोबार पनि बढी

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २६ काठमाण्डौं । पछिल्लो समय शेयर बजारमा ब्यापक मात्रामा लगानीकर्ता आकर्षित भएका छन् । आज नेप्से तीन वर्ष पछि सबै भन्दा माथि १७०० बिन्दु पार भएको छ ।

बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको छ ।

यसअघि २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९.८२ विन्दुमा पुगेको थियो ।
बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ । यस दिन फाइनान्स समुहको सूचक बहेक सबै सकारात्मक देखिएका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ