कार्तिक २६ काठमाण्डौं । चीनले नेपाली काँग्रेस, भारत र केही पश्चिमा मिडियाहरुले नेपालको सीमा मिचेको भनेर हल्ला फैलाएको भन्दै आपत्ति जनाएको छ ।
चीनीया मिडिया ग्लोबल टाइम्सले ‘मिथ्या रिपोर्ट’को पछाडि कांग्रेस, भारत र पश्चिमाहरुको हात रहेको दावी गरेको छ ।
‘प्रो–इन्डियन पार्टीको ट्याग लागेको प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसलाई यो हल्ला फैलाउने मुख्य संस्थाको रुपमा लिइएको छ ।’
‘हू इज बिहाइन्ड द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट चाइना ? ’ शिर्षकको खबरमा हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा चिनियाँ सेनाले नेपाली भूमि मिचेर भवन बनाएको भन्ने आरोप लगाइएको र सो खबर गोप्य स्रोत भन्दै पश्चिमा तथा भारतीय सञ्चारमाध्यमले प्रकाशित तथा प्रशारित गरेको उल्लेख छ ।
पत्रिकाले केही नेपाली विज्ञलाई समेत उल्लेख गर्दै निकालेको लामो रिपोर्टमा कांग्रेस नेता एवं कर्णाली प्रदेश सभा सदस्य जीवनबहादुर शाहीलाई विभिन्न आरोप पनि लगाइएको छ ।
शाहीको टोलीले चीनले सीमा मिचेको भनिएको क्षेत्रको भ्रमण गरी पार्टीमा चीनले सीमा मिचेको रिपोर्ट बुझाएको भन्दै चीनले शाहीप्रति असन्तुष्टी व्यक्त गरेको छ ।
‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो मुलुक हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन्’ ग्लोबल टाइम्सको निचोड छ ।
त्यस्तै टेलिग्राफले चीनले नेपाली भूमि मिचेको रसैन्य आधार नै बनाउन लागेको खबर बेलायती प्रसिद्ध पत्रिका दि डेली टेलिग्राफले प्रकाशित गरेको पनि उल्लेख भएको विषयमा पनि आपत्ति जनाइएको छ ।
नेपाल सरकारले चीनले सीमा नमिचेको यस अघि नै स्पष्ट पारीसकेको छ ।