वामदेव गौतम बिरुद्ध परेको रिटमा सर्वोच्चमा आज सुनुवाई हुँदै

वामदेव गौतम बिरुद्ध परेको रिटमा सर्वोच्चमा आज सुनुवाई हुँदै

  • बुधबार, कार्तिक २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कार्तिक २६ काठमाण्डौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदै छ ।
यस अघि अन्तरीम आदेशमा गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन र अहिले भएको मनोनयन यथावत राख्न भनिएको थियो ।
साथै त्यसै फैसला अनुसार प्रधानन्यायधीशको नेतृत्वमा ५ सदस्यीय संवैधानिक ईजलाशले गौतमको मुद्धा किनारा लगाउने भनिएको थियो । तर कोरोना र दँशै बिदा आदि कारणले रोकिएको थियो ।
आज हुने सुनुवाई पछि गौतम राष्ट्रिय सभामा रहने या नरहने र थप संवैधानिक जिम्मेवारी पाउने या नपाउने विषय टुंगो लाग्ने बताईएको छ ।
गौतम प्रतिनिधि सभाको निर्वाचनमा पराजीत भए पछि अर्थमन्त्री समेत बनाउने आस्वासन दिएर राष्टिूय सभामा लगिए पनि अहिले मुद्धाका कारण उनले राष्ट्रिय सभामा समेत भूमिका खेल्न सकेका छैनन् ।
यो रिट बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीले दायर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ