कार्तिक २६ दाङ । दाङको राप्ती गाँउपालिका ४ मौरीघाटमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ ।
ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक तीनै जना मोटरसाईकलमा सवार रहेका थिए ।
दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline