बोक्सी भन्दै धामी झाँक्रीको भेषमा महिलालाई कुटपिट गर्ने दुई महिला र एक पुरुष पक्राउ
कार्तिक २५ दाङ । दाङको तुलसीपुर उपमहानगर पालिका ५ मजल्ला बस्ने एक महिलालाई बोक्सी भन्दै कुटपिट गर्ने र गाली गलौज गरेको आरोपमा प्रहरीले सोही ठाँउका देब बहादुर परियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक १५ गते भएको उक्त घटनामा पीडितको जाहेरी पछि प्रहरीले परियालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको छ ।
यस्तै कार्तिक २१ गते घोराही उपमहानगरपालिका १६ का दुई महिलालाई बोक्सी भन्दै धामी झाँक्रीको भेषमा काम्दै गएर बोक्सी भन्दै गाली गरे पछि नौमती महरा र दीपा वाठा मगरलाई पनि प्रहरीले पक्राउ गरेको दाङ प्रहरी कार्यलयका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।
उनीहरुलाई पनि पीडितको जाहेरीका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको खड्काले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline