नेप्से निरन्तर उकालो, ४ अर्ब बढीको कारोबार

नेप्से निरन्तर उकालो, ४ अर्ब बढीको कारोबार

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो । नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी चम्किएको छ । सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयन डिस्टिलरी रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकास बैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोारेशन र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सानिमा जनरल इन्स्योरेन्स ९.९१, ओरियन्टल होटल ६.७९, हिमालयन जनरल इन्स्योरेन्स ६.२९ र तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ५.५१ प्रतिशतले कमाए । यसैगरी, विशाल बजार कम्पनी ४.६१, अरुण भ्याली हाइड्रोपावर २.६९, विजय लघुवित्त २.६४, आँखु खोला जलविद्युत् कम्पनी २.३३, सांग्रिला डेभलपमेन्ट बैंक २.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ