किशोर प्रधानलाई ३० जिल्ला र नगर अध्यक्षको सामुहिक समर्थनको निर्णय

किशोर प्रधानलाई ३० जिल्ला र नगर अध्यक्षको सामुहिक समर्थनको निर्णय

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जनकपुर कार्तिक २५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदानगर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपालउद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्षशिवशंकर शाहले ३० भन्दा बढी जिल्लाकाअध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउनमतदानगर्ने सहमति जुटाई सोहीअनुसार निर्णय गरिएको बताए ।
आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्लानगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामीअध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर कामगर्ने वाताबरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए ।
प्रदेश १ र २ को कुलमत मध्ये ९९ प्रतिशत मत प्रधानपक्षले पाउने प्रदेशनम्बर २ का अध्यक्षशिवशंकर शाहले दाबी गरे । कार्यक्रममाप्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्लानगरमाजनकपूरधामउद्योग वाणिज्य संघ (ललितशाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान, अध्यक्ष),उद्योग वाणिज्य संघ, मलङ्गवा,उद्योग वाणिज्य संघ, सर्लाही (बीरेन्द्र प्रसाद शाह, अध्यक्ष), गौशालाउद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह, अध्यक्ष),जलेश्वर उद्योग वाणिज्य संघ (कृपाशंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहनप्रसाद गुप्ता, अध्यक्ष),वीरगञ्जउद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष),इनरुवाउद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष),जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धनबहादुर रावत, अध्यक्ष) लगायतछन् ।
यस्तै उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपूर उद्योग वाणिज्य संघ, लाहानउद्योग वाणिज्य संघ, सिराहाउद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) रधनकुटा उद्योग वाणिज्य संघले पनिप्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ, अध्यक्ष),उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष),दमकउद्योग वाणिज्य संघ (गोकुलश्रेष्ठ, अध्यक्ष), मेचीउद्योग वाणिज्य संघ (ऋषीतिम्सिना, अध्यक्ष),कपिलबस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ,मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई बिजयी गराउने प्रतिवद्धता जनाएका छन् ।
रौतहत र बर्दिबास जिल्लाउद्योगा वाणिज्य संघले पनिप्रधानलाई सघाउने प्रतिवद्धता जनाएकाछन् । काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्षदिनेश श्रेष्ठ महासंघको जिल्लानगर उपाध्यक्षमाउम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।
समर्थन जनाएका सबै जिल्लानगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रउकास्ने काममाप्रयोग गर्ने लक्ष्यका साथआफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् । उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षकाउम्मेद्वार प्रधानले आफूप्रति सानातथामझौलासहितठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने बचनबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफु जिल्लानगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रितहुने प्रतिबद्धता जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ