मोरङमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु

मोरङमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कार्तिक २५ विराटनगर । मोरङका विभिन्न अस्पतालमा एकै दिन नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लामा एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो । मृत्यु हुनेमा ५ जनाको नोवेल अस्पताल, कोशीमा दुईजना, न्युरो अस्पतालमा एक जना र होम आईसोलेसनमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८ः२० तिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८ः२५ बजे नोबेलमै ज्यान गएको छ। पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएकोथियो । यस्तै झापाको झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५स्४५ बजेतिर मृत्यु भएको छ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६ः३० बजेतिर नोबेलमै ज्यान गएएको छ। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ज्यान गएको छ। सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै ज्यान गएको छ। बस्नेतका अनुसार वृद्धको मृत्यु बिहान ७ः३० बजेतिर भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९:५० बजेतिर मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उपचारका लागि अस्पताल ल्याएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा ज्यान गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजिटिभ आएको थियो।
विराटनगरमा लगातार कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ